सौराहा । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधरणसभा शनिबार पर्यटकीय नगरी सौराहामा सुरू भएको छ । संस्थाका संस्थापक अध्यक्ष शंकर सैंजु प्रमुख अतिथि रहनु भएको कार्यक्रममा सचिव रामकुमार अर्यालले वार्षिक प्रगति, लेखा समितिका संयोजक बलराम दाहालले लेखा परीक्षण प्रतिवेदन तथा संस्थाका व्यवस्थापक दीपेन्द्र खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष गोपीकष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्यको तर्फबाट ओम रिजाल, उपाध्यक्ष गणेश खतिवडा, कार्यालय सहायक नारायण तिमल्सिनालगायतले बोल्नु भएको थियो ।
Discussion about this post