खैरहनी । खैरहनी–४ पर्सामा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाको चौथौं वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य शान्ति अधिकारी प्रमुख अतिथि रहनुभएकोे कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता लामाले वार्षिक प्रतिवेदन, सचिव कर्म वाङग्देल रूम्वा लामाले वार्षिक प्रतिवेदन तथा लेखा समिति सदस्य कमला गुरूङले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाकी अध्यक्ष सुनिता लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका सदस्य रामजन बमले स्वागत मन्तव्य राख्नु भएको थियो ।
Discussion about this post