चैनपुर । छैटौ विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार चैनपुरमा सम्पन्न भएको छ । शुक्रबारबाट सुरू भएको प्रतियोगितामा १४ वटा विद्यालयका छात्रछात्राहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्रतर्फ ४५ केजी समूहमा मेरी गोल्ड स्कुलका अजिव लामिछाने, ४८ केजी समूहमा कठार माविका सुजन तामाङ, ५१ केजी समूहमा एन्जल्स बोर्डिङ स्कुलका संजय तामाङले प्रथम स्थान हासिल गरेका छन् ।
त्यसैगरी छात्रातर्फ ४२ केजी समूहमा मेरी गोल्ड स्कुलकी एस्तर कुवँर, ४४ केजी समूहमा इन्टरनेशनल स्कुलकी नवीना खनिया, ४६ केजी समूहमा पञ्चकन्या उच्च माविकी रोशनी लिम्वुले प्रथम स्थान हासिल गरेकी छन ।
Discussion about this post