गैंडाकोट । गैंडाकोट बचत तथा ऋण सकहारी संस्था लिमिटेडको २० औं वार्षिक साधरणसभा तथा सातौं अधिवेशन शनिबार सम्पन्न भयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का महासचिव परितोष पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । संस्थाका अध्यक्ष वेदप्रसाद गौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सह सचिव कुलप्रसाद पाण्डे दिपकले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । संस्थामा एक हजार ११४१ महिला, एक हजार ३१ पुरुष र ३४ संघ संस्था सदस्य रहेको पाण्डेले बताउनु भयो । संस्थामा सयदेखि पाँच सय रुपैयाँसम्म शेयर पुँजी भएका सवैभन्दा धेरै ९३७ जना रहेका छन् । संस्थाले गएको आर्थिक वर्षमा शेयर पुँजी एक करोड ७९ लाख ८६ हजार, निक्षेप संकलन पाँच करोड ८१ लाख ८२ हजार ६६३ र संकलन मुनाफा २६ लाख ७६ हजार ३९० रुपैयाँ रहेको पाण्डेले जानकारी दिए ।
Discussion about this post