सभाषद गोतामेलाई सम्मान ।

अन‌ि यो पनि

पटिहानी । नेकपा एमाले पटिहानी गाउ कमिटि वडा नः २ ले नवनिर्वाचित समानुपातिक सभाषद शिवकुमारी गोतामेलाई बधाई दिँदै सम्मान गरेको छ ।
गाउ कमिटि वडा नः २ ले शुक्रवार पटिहानी राप्ती किनार नजिक गरेको कार्यक्रममा वडा कमिटिका अध्यक्ष चेतनारायण सुवेदी र एमाले जिल्ला पार्टी उपसचिव पार्वती रावलले, गोतामेलाई सम्मान गर्दै बधाई दिनु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएकी एमाले चितवनकी उपसचिव पार्वती रावलले, चितवनको निर्वाचन क्षेत्र नः ४ मा एमालेले प्रत्यक्षमा निर्वाचनमा पराजय भोगे पनि, समानुपातिक सभाषद दिएर क्षेत्रका जनताको भावनाको सम्मान गरेको बताउनुभयो । देविलाल पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा एमाले क्षेत्र नः ४ का क्षेत्रिय इन्र्चाज रामजीप्रसाद सापकोटा, जिल्ला सदस्य शंकर थपलिया, पटिहानी गाउ कमिटिका अध्यक्ष कृष्णप्रसाद सापकोटा, ऋषि अधिकारी लगायतले बोल्नु भएको थियो ।
यसैबिच, नेकपा एमाले नगर स्तरीय समन्वय समितीको आयोजनामा नगरस्तरीय बिस्तारीत भेला आज शुक्रवार जिल्ला पार्टि कार्यालय भरतपुर सम्पन्न भएको छ । समन्यव समितीका संयोजक अरुण पिडित भण्डारीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया रहनु भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया