भरतपुर । शान्ती एकडेमी बहुमुखी क्याम्पस भरतपुरमा आशिस महतोको अध्यक्षतामा १७ सदस्यिय कमिटी गठन गरियो । जसको उपाध्यक्षमा राजन बानिया सचिवमा पार्वती गैरे सहसचिवमा निमा भण्डारी कोषाध्यक्षमा पार्वती केसी, महिला विभाग प्रमुखमा ओशिन क्षेत्री र अखिल फोर्स प्रमुखमा अनमोल प्रधान रहनुभएको छ । त्यस्तै प्रेसिडेन्सी कलेज भरतपुरमा सरोज खड्काको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा टीकाराम महतो सचिवमा यशस्बी राणा, सहसचिवमा सुस्मा लामा कोषाध्यक्षमा सुस्मा लामा महिला विभाग प्रमुखमा सुरक्षा सापकोटा र अखिल फोर्स प्रमुखमा निर्मल भुर्तेल रहनुभएको छ।
त्यस्तैगरी वाल्मीकि कलेज भरतपुरमा सुजन लम्सालको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरियो । जसको उपाध्यक्षमा नबिन भण्डारी सचिवमा कल्पना भुजेल सहसचिवमा निशान अधिकारि कोषाध्यक्षमा कन्चन घिमिरे महिला बिभाग प्रमुखमा सुश्मिता काफ्ले र अखिल फोर्समा शर्मा रहनुभएको छ ।
Discussion about this post