आचार्य लक्ष्मण भण्डारी
हामीले विभिन्न कामहरु गरेका छौँ । त्यसरी कामहरु सम्पन्न गर्ने क्रममा हामीलाई चाहिने ऊर्जा शरीरबाट प्राप्त हुने गर्दछ । शरीर स्वस्थ र सामान्य नहुने अवस्थामा गरिएका कामहरु सार्थक पनि हुँदैनन् । जुन काम उत्साह, उमङ्ग र अपूर्व सक्रियताका साथ गरिन्छ, त्यो कामको परिणाम पनि उत्साहप्रद नै हुन्छ । हामीले गरेका कामहरु यदि असफल भए, परिणामहीन भए र अर्थहीन भए भने ती उत्साह उमङ्गहीन तरिकाले गरिएका थिए भनेर बुझ्न अप्ठ्यारो पर्दैन ।
त्यो उमङ्ग र उत्साह कहाँबाट प्राप्त गर्न सकिन्छ त भन्ने प्रश्न उठ्न सक्छ । हामी जति स्वस्थ हुन्छौँ, जति सबल हुन्छौँ, शारीरिक र मानसिक रुपमा, त्यति कामहरुप्रति हामी उत्साही हुन सक्दछौँ । शरीर कसरी स्वस्थ र सबल हुन सक्छ त त्यसोभए ? हाम्रो भोजन नै हाम्रो शरीर हो । आज हामीसँग जस्तो शरीर र स्वास्थ्य छ, त्यो यसअघि हामीले ग्रहण गरेको भोजनको प्रतिरुप हो ।
हामीले खाने भोजनमा शरीरलाई चाहिने आवश्यक सबै शक्ति विद्यमान् छन् । हामी जे बनेका छौँ, भोजनकै कारण बनेका छौँ । भोजन हेर्दा सामान्यजस्तो देखिए पनि यो हाम्रो जीवनको केन्द्रीय आवश्यकता र मह¤व हो । भोजनले शरीरमा पोषण गर्ने काम त गर्छ नै, मन र मस्तिष्कमा पनि यसले उत्तिकै प्रभाव पारिरहेको हुन्छ । शरीर र मन अलग होइनन् । दुवैले मिलेर हाम्रो शरीरमा काम गरिरहेका हुन्छन् ।
शरीरलाई दुख्दा मनलाई पनि दुख्छ भने मनलाई दुख्दा शरीरलाई पनि दुख्छ । यसो हुनुपछाडिको कारण भनेको मन र शरीर अत्यन्त अन्तर्सम्बन्धित हुनु हो । शरीरमा हुने रक्त प्रवाहको अवस्था, मोटो वा दुब्लोपन, भोको वा भरिएको पेट आदि अवस्थाहरुका कारण पनि हाम्रो मनको अवस्था निर्धारित हुने गर्दछ । शरीरमा रक्त प्रवाहको गति सन्तुलित वा असन्तुलित तुल्याउने मुख्य काम हाम्रो भोजनको हो । हामीले गर्ने भोजनकै कारण शरीर रूग्ण वा स्वस्थ हुनेगर्दछ ।
मानिसले गर्ने भोजन सबै शरीरअनुकूल नै हुन्छन् भन्ने हुँदैन । शरीर र स्वास्थ्यप्रतिकूल भोजन ग्रहण गर्नाले हाम्रो मनको अवस्था पनि प्रतिकूल हुन पुग्दछ । त्यसैले शरीर, मन र मस्तिष्कअनुकूलको भोजनमा जोड दिनु हामी सबैको प्रथम कर्तव्य हुन आउँछ ।
कस्तो भोजन गर्ने भन्ने विषय हामीले कस्तो काम गर्ने हो भन्ने प्र्रश्नसँग सीधै सम्बन्धित विषय हो । हामी लडाइँ, झगडा गर्ने हो भने त्यसैअनुसारको भोजन गर्नुप¥यो । शान्त रहने, योग, ध्यान प्राणायाममा संलग्न हुने हो भने त्यसैअनुसारको भोजनमा ध्यान दिनु अनिवार्य हुन्छ । गीतामा भोजनका तीन मुख्य प्रकार उल्लेख गरिएका छन् । ती हुन् ः सा¤िवक, राजसी र तामसी भोजन ।
सा¤िवक, राजसी र तामसी भोजनमध्ये मनुष्यका लागि सबैभन्दा श्रेष्ठ भोजन सा¤िवक भोजन हो, किनकि सा¤िवक भोजन ग्रहण गर्नाले व्यक्तिको रक्त प्रवाह अत्यन्त सहज र स्वाभाविक बन्दछ । सामान्य अवस्थाहरुमा पनि उत्तेजित हुने र असामान्य संवेगको सिकार हुने अवस्थाबाट मुक्ति मिल्दछ ।
गीतामा भनिएको छ ः
‘आयुः स¤वबलारोग्यसुखप्रीतिविवर्धनाः
रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः
सा¤िवकप्रियाः ।’
अर्थात् आयु, बल, बुद्धि, आरोग्य, सुख र प्रीति बढाउने रसयुक्त सामान्य चिल्लो पदार्थसहितको स्थिर प्रकारको एवम् हृदय र मनको स्वभावका लागि उपयुक्त भोजन सा¤िवक पुरूषका लागि प्रिय हुन्छन् । सा¤िवक भोजनले मानिस निरोगी बन्छ र आयु बढेर जान्छ । बल र बुद्धिसमेत बढ्दछ । व्यक्ति भित्रैदेखि सुखी र प्रेमपूर्ण बन्दछ । सा¤िवक भोजनमा रसको मात्रा पर्याप्त हुनुपर्ने कुरा औँल्याइएको छ भने हलुका चिल्लो पर्दा आवश्यकता पनि महसुस गरिएको छ । कुनै पनि सा¤िवक भोजनले व्यक्तिलाई अनावश्यक रुपमा उत्तेजित बनाउने काम गर्दैन । व्यक्तिमा सबै परिस्थितिमा शान्त र धीर रहन सक्ने शक्ति पनि हामीलाई सा¤िवक भोजनकै माध्यमले मिल्दछ ।
राजसी भोजनले व्यक्तिमा आलस्य पैदा गर्दछ । यस्तो भोजनका पारखीहरु रोगी, दुःखी र चिन्तित हुने गर्दछन् । राजस आहारबारे गीतामा श्रीकृष्णले भन्नुभएको छ ः
‘कट्वम्ललवणात्युष्णतीक्ष्णरुक्षविदाहिनः
आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः ।’
अर्थात् तीतो, अमिलो, अति नुनिलो, अति तातो, तिखो, रूखो, दाहकारक, दुःख, शोक र रोगव्याधि उत्पन्न गर्ने पदार्थहरु राजसी भोजनअन्तर्गत पर्दछन् र राजस पुरूषहरुका लागि विशेष रूचिकर हुने गर्दछन् । आजका अधिकांश मानिसहरु यही वर्गमा पर्दछन् । यस्तो भोजन बढी खर्चिलो पनि हुने गर्दछ । राजसी भोजन खाँदै गर्दा पनि महँगो हुन्छ भने खाइसकेपछि पनि महँगो हुन्छ । किनभने, यसले रोगव्याधि निम्त्याउने हुनाले औषधि उपचारमा खर्च हुने प्रबल सम्भावना रहन्छ ।
तामस आहार भिन्न प्रकृतिको हुन्छ । यसले व्यक्तिको सा¤िवकता छिन्नभिन्न पार्ने काम गर्दछ । गीतामा तामस आहारबारे बताइएको छ ः
‘याततामं गतरसं पूतिपर्युपषितं च यत्
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।’
अर्थात्, जुन भोजन आधा काँचो र आधा पाकेको, रसहीन, दुर्गन्धले युक्त, बासी, उच्छिष्ट (जुठो, खाएर बाँकी रहेको) र अपवित्र पनि छ, त्यस्तो भोजन तामसी पुरूषका लागि प्रिय हुने गर्दछ ।
तमो गुण अँध्यारोको प्रतीक पनि हो । तामसी भोजन गर्ने मानिसहरु अशिक्षित हुन्छन् । तिनलाई पढ्न–लेख्न पनि आउँदैन । यदि पढेलेखेकै भए पनि तिनले ठीक र बेठीकको उचित निर्णय लिन सक्दैनन् । उनीहरुको बाटो स्पष्ट हुँदैन । के गर्ने ? कता जाने ? जीवनको उद्देश्य के हो ? भन्नेजस्ता प्रश्नहरुप्रति अज्ञात रहन्छन् । उनीहरुको जीवन निकृष्टतम हुन्छ ।
मनुष्यका लागि सबैभन्दा श्रेष्ठ र उपयुक्त भोजन सा¤िवक भोजन हो । शरीरविज्ञानका दृष्टिले पनि यो त्यत्तिकै मह¤वपूर्ण मानिन्छ । मानिस समाजमा मिलेर बस्ने प्राणी हो । परस्परमा आइपर्ने अनेक विपद्हरुको व्यवस्थापन गर्नुपर्ने अहोदायित्व पनि मानिससँगै रहेको छ । मनुष्य सृष्टिकै अभिभावक र जिम्मेवार प्राणी पनि भएकाले उसले आफ्नो विवेक शक्तिको भरपूर उपयोग गर्नुपर्दछ । त्यस्तो किसिमको विवेक शक्ति जागृत गर्नका लागि पनि मनुष्यका लागि सा¤िवक आहार अनिवार्य मानिएको छ ।
राजसी भोजन प्रदर्शनमुखी हुन्छ । आज हामीले खाने भोजनमा अनेक रङहरुको प्रयोग गरिएको हुन्छ । ती रङहरु खाना राम्रो र रङ्गीन देखाउनका लागि प्रयोग गरिएका हुन्छन् । राजसी भोजन गर्ने मानिस बढी ट्वाक्कटुक्क मन पराउने किसिमको हुन्छ । जे खाँदा पनि तिखो स्वाद भएको खाद्य पदार्थ उसको छनोटमा पर्दछ । जस्तै ः तरकारीमा मरमसला बढी हाल्ने, अमिलोपिरो बढी हाल्ने, नुनको मात्रा धेरै राख्ने र खाद्य पदार्थलाई तिखो स्वादको बनाउने काम राजसी प्रवृत्तिका मान्छेहरु गर्दछन् ।
समाजको उच्च वर्गका मानिसहरु यही भोजन ग्रहण गर्ने वर्गमा पर्दछन् । यिनीहरुको ध्यान केवल खाने, रमाउने र मनोरञ्जन गर्ने कुरामा मात्र केन्द्रित हुन्छ । सामाजिक नैतिकता, मूल्य, मर्यादा, स्वास्थ्यप्रति राजसी वर्गका मानिसले कहिल्यै पनि ध्यान दिन सक्दैनन् । सायद, यसैले पनि हुन सक्दछ, समाजका उच्च वर्गका मानिसहरुबाटै राज्यका नियम, नीति र मर्यादाहरु भङ्ग हुने गर्दछन् ।
राजसी भोजन मन पराउनेहरुमा काम, क्रोध, लोभ, मोह आदि अत्यधिक बढेर जाने खतरा हुन्छ । उनीहरुको भोजनले शरीरमा उत्तेजनाको मात्रा तीव्र हुन पुग्दछ । कामवासनाको तीव्रताले गर्दा उनीहरु श्रीमान्श्रीमतीका बीचमा पनि असन्तुष्ट हुन पुग्दछन् । यही वासनाका सिकार हुने हुनाले समाजको उच्च वर्गका मानिसमा पारिवारिक विच्छेद वा पारपाचुकेका घटना अत्यधिक हुने गरेका हुन् ।
समाजमा युद्ध, झगडा र बेमेलको कारणका पछाडि पनि राजसी भोजन गर्नेहरुको हात रहेको हुन्छ । उनीहरुमा क्रोधको मात्रा अत्यधिक बढेको हुन्छ । कसैको अस्तित्व पनि नस्वीकार्ने पक्षमा उनीहरु रहेका हुन्छन् । उनीहरुमा ‘मै खाऊँ, मै लाऊँ’ भन्ने भावनाले घर गरेको हुन्छ । समाजमा शोषण र अत्याचार मौलाउनुका पछाडि पनि राजसी भोजन गर्नेहरुको हात रहेको हुन्छ ।
तामसी भोजन गर्नेहरु सधैँ पछि पर्दछन् । उनीहरुको बाटो एकदमै अस्पष्ट हुन्छ । गन्तव्य पनि निश्चित हुँदैन । स्वयम्को शक्ति कति छ, उनीहरुले जान्दैनन् । यस्तो भोजनमा रमाउनेहरु अधिकांश परमुखापेक्षी अर्थात् अर्काको मुख ताक्ने किसिमका हुन्छन् । आपैmँ केही गरौँ, उन्नति र प्रगतिको दिशामा अघि बढौँ भन्ने भावना प्रायः लुप्त भएको हुन्छ ।
तर, सा¤िवक भोजनका अभ्यासीहरु भने सबै कुरामा अब्बल हुन्छन् । उनीहरुको सबैभन्दा उत्तम गुण भनेकै सादा जीवन, उच्च विचार हो । सा¤िवक भोजन पूर्णतः प्रकृतिनजिक हुन्छ । बासी, सडेगलेका, अत्यधिक मरमसलाले युक्त, अति तातो, अति तिखो, आधा पाकेको र अपवित्र भोजनदेखि उनीहरु परै रहन्छन् । भोजनमा पूर्णतः सन्तुलन मिल्ने हुनाले सा¤िवक भोजन गर्नेहरुको सर्वाङ्गीण जीवन सन्तुलित हुने गर्दछ ।
सा¤िवक भोजनको अभ्यासले हामी शारीरिक रुपमा स्वस्थ हुने कुरामा त कुनै शङ्का रहेन नै । त्यसबाहेक पनि जीवनका सबै पक्षहरुमा हामी अग्रगामी हुन सक्दछौँ । हाम्रो जीवनको भविष्य परमेश्वरमा भन्दा धेरै हाम्रो भोजनमा छ । हामीले भोजनकै माध्यमले यो जीवनलाई दुई महिनामा समाप्त गर्न सक्दछौँ भने भोजनकै माध्यमले सय वर्षभन्दा धेरै बाँच्ने सौभाग्य प्राप्त गर्दछौँ । त्यसैले, भोजन हाम्रो भूत, वर्तमान र भविष्यत् सबै हो ।
मानिसले देश, समाज र राष्ट्र बनाउने कुरा त गर्छ, तर आपैmँलाई बनाउने कुरा भने कहिल्यै गर्दैन । हामीले धेरै कुरा जानेर पनि नजानेको कुरा हो— खान । हामीले खान जान्यौँ भने सबै जान्दछौँ । हातमा जे आयो त्यसैलाई मुखमा लैजाने कामलाई मात्रै खान जानेको भनिँदैन । हाम्रो वर्तमान र भविष्यत्लाई ध्यानमा राखी स्वस्थ, सुन्दर, शान्त र दीर्घजीवी बनाउने भोजन ग्रहण गनुपर्दछ भन्ने ज्ञान र कलालाई नै खान जान्नु भनिन्छ ।
हामी हाम्रो क्यारियरका बारेमा धेरै चिन्ता गर्दछौँ । कति धेरै हामी आफ्नो भविष्यका विषयलाई लिएर सचेत बन्दछौँ, तर खानाका सन्दर्भमा भने कुनै सचेतता देखिँदैन । हाम्रो भोजन नै भविष्य हो भन्ने कुरामा ध्यान दिने मान्छे निकै कम देखिन्छन् ।
कति खाने ? कसरी खाने ? कतिबेला खाने ? कुन विधिले खाने ? कस्तो खाने ? यी प्रश्नहरुप्रति हामी के कहिल्यै संवेदनशील भएका छौँ ? हाम्रो संवेदनशीलता अनावश्यक विषयवस्तुमा बढी केन्द्रित भएको देखिन्छ ।
महँगा र गरिष्ठ भोजन ग्रहण गर्ने बानीले हामीभित्रको सहजता कमजोर बनेर जाने खतरा बढ्दछ । भोजन हाम्रा लागि जाने औषधि हो भने नजाने विष पनि हो । भोजनको पनि आफ्नै मर्यादा हुन्छ । हामी भोजनलाई केही पनि ठान्दैनौँ, तर यो नै हाम्रो सबैथोक हो । भोजन जति पवित्र भयो, हाम्रो जीवन पनि त्यति नै पवित्र हुन्छ । यसैले, हाम्रो भोजन अधिकतम पवित्र होस् भन्नेतिर हामी सचेत बन्नुपर्दछ ।
हामीले गर्ने भोजनको स्रोत के हो ? हामीले कहाँबाट भोजन प्राप्त गरेका छौँ, त्यसले पनि हाम्रो जीवन–चरित्र निर्माण गर्दछ । पशुपक्षीको हत्या गरेर गरिने मांसाहार हाम्रा लागि दूषित र अमानवीय जीवन चरित्रको द्योतक हो । पशुपक्षीलाई हत्या गर्ने क्रममा ती निरीह प्राणीहरुको क्रन्दनको नजानिँदो मात्रा उनीहरुको मासुमा पनि कायम रहन्छ । हामीले त्यसरी गर्ने मांसाहारले हामीलाई पनि त्यस्तै अपवित्र बनाइदिन्छ । त्यस्तो किसिमको भोजन गर्ने हामीले समाजमा अहिंसा, मैत्री र एकताको भावना विस्तार गर्ने कुरा कोरा कल्पनाबाहेक केही हुँदैन ।
यसैले आउनुस्, भोजनलाई अधिकतम सा¤िवक र पवित्र बनाऔँ । जीवनको सार्थकता भनेकै सर्वजनहितायः कर्म गर्नु हो । राजसी र तामसी भोजनले हामीलाई मात्रै होइन, समाज र राष्ट्रलाई पनि बेमेल र अव्यवस्थाको भुमरीमा पु¥याउने काम गर्दछन् । जीवनमा धेरै ठूलाठूला काम गर्नुछ, तर सानासाना कुराहरुलाई पूरा गरेर मात्र ती ठूलाठूला आयोजनहरु पूरा गर्न सकिन्छ । त्यसैले, भोजन गर्ने कला सिकौँ । सा¤िवक भोजनमा जोड दिऊँ र सा¤िवक जीवन निर्माणको दिशामा अघि बढौँ । हाम्रो भोजनको परिपाटी अत्यन्त अवैज्ञानिक र अप्राकृतिक छ । यसलाई आमूल रुपमा नबदलेसम्म हामी स्वयम् र समाजलाई पनि बदल्न सक्दैनौँ । बाहिर हेर्न छोडेर हामीले आपैmँलाई प्रश्न गरौँ— के मैले खान जानेको छु ? खाने कला सिक्दा मात्र पनि हामीले जीवनमा एकैसाथ धेरै कुरा सिक्न सक्दछौँ ।
Discussion about this post