ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गुरु नै बेइमान भएपछि ……………………..

by चितवन पोष्ट
२०७० पुष २०, शनिबार ०४:१३ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

परीक्षा दिँदै गर्दा विद्यार्थीको कापी खोसियो[divider]

-दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुरका विभिन्न निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शुक्रबार दिउँसो भरतपुर गेष्ट हाउस चौरमा भेटिए । सनराइज, अर्किड र अमर एभरेष्ट बोर्डिङका ती विद्यार्थीहरु आपसमा खेल्दै थिए ।
खेल्दै गरेका इमान गुरुङले भने ‘परीक्षा दिँदै गर्दा गुरु आएर कापी नै थुतेर लैजानु भयो, हामी घर फर्कियौँ ।’ अमर एभरेष्ट बोर्डिङका कक्षा ४ मा अध्ययनरत गुरुङ शुक्रबार कम्प्युटर विषयको जाँच दिँदै गर्दा गुरुले नै उत्तरपुस्तिका थुतेको बताउँदै थिए ।
त्यस्तै सनराइज बोर्डिङमा कक्षा ६ मा पढ्ने मन्दीप राना शुक्रबार परेको नेपाली विषयको परीक्षा दिन स्कुल पुगेका मात्र के थिए, बन्द भनेपछि तुरुन्तै घर फर्किए । राना भन्दै थिए,‘सरहरुले नै बन्द गराउनु भएको रे ।’
अर्किड बोडिङमा कक्षा ४ मा पढ्ने युडी सुनारले बन्दको दिन पनि विद्यालय आएको भनी गुरुहरुले हप्काएको बताए । ‘रक्षक नै भक्षक’ भने झैँ गुरुहरु नै स्कुल बन्द गर्न अघि सर्नु लज्जास्पद काम भएको अभिभावकले बताए । अनुशासनको पाठ सिकाउने नै अनुशासनहीन भएको अभिभावकको भनाइ छ ।
प्रायजसो अरुको बन्दबाट पीडित बनेका विद्यार्थीहरु पुनः एकपटक आफ्नै गुरुहरुले गरेको स्कूल बन्दको शिकार बने । गुरुहरुको हिजोको बन्द कार्यक्रम पहिलो भने होइन तर अनौठो भने थियो । किनकि परीक्षाकै बीच ती गुरुहरु नैतिकताको ख्याल नगरी विद्यालय बन्द गराउन अग्रसर थिए ।
परीक्षाको तयारीमा रहेका निजी विद्यालयका विद्यार्थीहरु शुक्रबार अलमलमा परे । परीक्षा दिन जाने कि नजाने । चितवनका निजी स्कुलमा हाल यस शैक्षिक सत्रको तेस्रो परीक्षा चलिरहेको छ । बेमौसमी बाजा भनेजस्तै परीक्षा चलिरहँदा निजी स्कुलका शिक्षकहरुको संगठनले अकस्मात स्कुल बन्द गरेपछि विद्यार्थीहरु समस्यामा परेका हुन् ।
नारायणगढ न्युरोडका गणेश वर्माले भने, अरुले बन्द गर्दा विरोध गर्नुपर्नेमा आफै बन्द गर्न अग्रसर हुनुले गुरुहरुको नियत खराव छ भन्ने बुझिन्छ ।’ दुई वर्षअघि विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिए पनि त्यो घोषणामा मात्र सीमित भएको छ ।
निजी विद्यालयमा आफ्नो अस्तित्व देखाउन चितवनका निजी स्कुलमा नेपाल इस्टु र इस्टु नेपाल नामक दुई शिक्षक संस्था रहेको छ । प्याब्सनसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै नेपाल इस्टुले अनिश्चितकालीन विद्यालय बन्दको आह्वान् गरेको छ ।
इस्टुको आह्वान्सँगै शुक्रबारदेखि चितवनका १५९ विद्यालयका झन्डै सात हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ भने संस्थागत विद्यालयमा जारी आन्तरिक परीक्षासमेत अन्योलमा परेको छ ।
इस्टु चितवनका अध्यक्ष विष्णुबहादुर भुजेलले आफूहरूसँग भएको सम्झौता कार्यान्वयन गर्नका लागि दबाब दिने उद्देश्यले बाध्य भएर विद्यालय बन्द गरेको बताए ।
आन्दोलनरत शिक्षकहरुले १८ प्रतिशत तलबमा वृद्धि तथा एक हजार भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् । शिक्षकहरुजस्तो बौद्धिक जमातले विद्यालय बन्द गराएको भन्दै सरोकारवालाहरुले बन्द फिर्ता लिएर समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

Related Posts

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

माडीका युवाहरु पशुपालन व्यवसायमा अग्रसर

माडीका युवाहरु पशुपालन व्यवसायमा अग्रसर

Discussion about this post

अन‌ि यो पनि

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा
राजनीति

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा

रत्ननगर । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिको अध्यक्षमा विष्णु थापा चयन भएका...

Read more
गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन गरेँ : प्रधानमन्त्री

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In