खैरहनी । पर्सा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको एघारौँ वार्षिक साधारणसभा शुक्रबार खैरहनीमा सम्पन्न भएको छ । एमाले नेता एवम् सभासद् सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष शेरमान तामाङले भावी योजना तथा कार्यक्रम,लेखा संयोजक शरदकुमार बर्तौलाले आर्थिक प्रतिवेदन र सचिव प्रकाश रुपाखेतीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कायक्रममा सभासद् पाण्डेले स्थानीयस्तरको समस्यालाई राष्ट्रियस्तरमा पु¥याइ समाधानको पहल थाल्ने वताउनुभयो । सो संस्थाले हाल खैरहनीको १ नम्बर वडा बाहेक सबै वडा तथा वीरेन्द्रनगरको ६, चैनपुरको ३ र ४, बछौलीको वडा नं. ९ र कुमरोजको वडा नं. ९ मा खानेपानी उपलव्ध गराउँदै आएको छ ।
कार्यक्रममा काँग्रेस चितवनकी समानुपातिक सभासद् अञ्जनी श्रेष्ठ, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष यादव पाठक, खैरहनी गाविसका सचिव गुरुप्रसाद पौडेललगायतले बोल्नुभएको थियो ।
Discussion about this post