ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

वार्षिक चालीस लाख व्यक्तिको उद्धार

by चितवन पोष्ट
२०७० पुष २०, शनिबार ०४:०५ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सौराहा । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिले विपद््मा परेका वार्षिक ४० लाख व्यक्तिको उद्धार गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । विपद् व्यवस्थापनको लागि एक वर्षमा गरिएका काम र भावी कार्ययोजनाका विषयमा छलफल गर्न शुक्रबार सौराहामा आयोजित कार्यशालामा रेडक्रसको केन्द्रीय समितिले सन २०१३ मा विपतको उच्च जोखिममा रहेका ४० लाख व्यक्तिलाई उद्धार गरिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
उद्धार गरिएका मध्ये ८० प्रतिशत विपन्न परिवारको रहेको रेडक्रसले जनाएको छ । यस अवधिमा विपद् व्यवस्थापन र संकट समाधानको लागि रेडक्रसका केन्द्रीय दस्ता, सांगठनिक निकाय र जनशक्तिलाई परिचालन गरिएको रेडक्रसका केन्द्रीय अध्यक्ष संजीव थापाले बताउनुभयो । उहाँले मानवीय सेवामा समर्पित रेडक्रसले विपद् व्यवस्थापन र उद्धारको लागि सुरक्षित र उत्थानशीलतालाई ध्यानमा राखेर काम गरिएको बताउनुभयो ।
२५ वर्षको इतिहास हेर्दा विपन्न वर्ग नै बढी जोखिममा रहेको देखाएकोले अवको रणनीति त्यसैमा केन्द्रित रहने उहाँको भनाइे थियो । रेडक्रसले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा विपद्कै कारण प्रत्येक वर्ष १० हजार घरहरु भत्किने गरेको बताउनुभयो । विश्वमा नेपाल भुकम्प जोखिमको ११ औँ स्थानमा रहेकाले भूकम्पीय जोखिमवाट बच्न पूर्वसर्तकता अपनाइ भूकम्प प्रतिरोधात्मक घर बनाउनु पर्ने रेडक्रसले जनाएको छ ।
विपद् व्यवस्थापन र संकट समाधानको लागि रेडक्रसले औषतमा विपद्मा परेका परिवारलाई ७ हजार रुपैयाँसम्म सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले रेडक्रसले विपद् व्यवस्थापन, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा र प्राथमिक उपचार सेवा सञ्चालन गरिरहेको बताउनुभयो । अहिलेसम्म विपद् व्यवस्थापनको लागि रेडक्रसले गरेको काम प्रभावकारी बनेको भन्दै उहाँले अव्यस्थित बसोवास र जनसंख्याको बृद्धिदरलाई हेर्दा रेडक्रसले आफ्नो सक्रियता बढाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन विभागका निर्देशक पिताम्वर अर्यालले नेपाल विपद्को हिसावले उच्च जोखिममा रहेकाले विपद् न्यूनीकरण तथा व्यवस्थापनको लागि अख्तियार गरिएको रणनीतिलाई सशक्त बनाएर लैजाने बताउनुभयो । उहाँले समुदायलाई परिचालन गरेर विपद् व्यवस्थापन गर्ने गरी आगामी रणनीति तयार गरिने बताउनुभयो । कार्यक्रममा २१ जिल्लाका रेडक्रसकर्मी, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि, राष्ट्रिय विपद् तथा संकट व्यवस्थापन समितिका पदाधिकारी, परियोजना सञ्चालित जिल्लाका स्वयम्सेवक तथा कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा गृहमन्त्रालयका अधिकृत बंशीकुमार आचार्य, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव लक्ष्मी पाण्डे, संयुक्त राष्ट्रसंघका नेपाल प्रतिनिधि रामप्रसाद लुइँटेल, चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, रेडक्रसको अन्तर्राष्ट्रिय सञ्जाल आईसीआरसीका प्रतिनिधि प्रमेश पौडेललगायतले वोल्नु भएको थियो । कार्यक्रम राष्ट्रिय विपद् तथा संकट व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।

Related Posts

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

संरक्षक नै गुमाएपछि…

संरक्षक नै गुमाएपछि…

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In