ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘घामकिरी’ मा विचरण गर्दा

by चितवन पोष्ट
२०७० पुष २०, शनिबार ०३:५४ गते
in साहित्य
0
0
SHARES
Share on FacebookShare on Twitter

-धनराज गिरी
‘निदाएँ जगदम्बा’ कथासंग्रह पढ्न दिए भाइ उदय अधिकारीले मलाई । घरमा ल्याएर त्यसमा भएका सबै कथाहरु पढेँ । त्यसपछि हृदयले भन्यो, “यो नयनराज पाण्डे पनि एउटा पढ्नैपर्ने पात्र रहेछ ।” छोरी अनिता गिरीसित कुरा गरेँ । उनले तुरून्त “उलार” पढ्न भनिन् । किताब घरमै रहेछ । लेखकसित परिचय नभई, व्यक्तिगत सम्बन्ध मीठो नभई उसका किताबहरुतिर त्यति ध्यान नदिने चलन पनि छ, यो नेपाली समाजमा भनिएमा ज्यादती नहोला । म पनि सालाखाला पाठक हुँ, मेरो पाठकीय चरित्र पनि उस्तै–उस्तै हो । सबै लेखकका पुस्तकहरु पढेर भ्याइन्न नै । “उदय अधिकारी” बन्न थालेँ भने म न उदय अधिकारी हुन्छु, न धनराज गिरी रहन्छु । त्यही भएर ज–जसले जे–जे भने पनि म आफ्नोपन छोड्दिनँ ।
अब केका लागि परिवर्तन हुने ? “नयनराज पाण्डे” आए हृदयमा । हामी दुवै वामघटकहरुले त्यति टाढा नेदेख्ने लोकतन्त्रवादी । हामी दुवै दाजु जगदीश घिमिरेका प्रिय भाइ । मन्थली यात्राले हामीलाई ‘राम–लखन’ बनायो । त्यसपछि ‘दे दना दन’ । यी ‘राजु’ का कुनै पनि किताब छोड्दिनँ । कान्तिपुर र नागरिकमा छापिएका लेखहरु पनि चपाइयो । ‘लू’ आयो । तहल्का मच्चायो । पाठकहरुले सारै मन पराए । ‘प्रेतकल्प’ र ‘लू’ को लोकप्रियता उस्तै रह्यो । केही नपाएर पनि सबै कुरा पाए, यी दुई अमर पुस्तकहरुले । मित्र मणि शर्मा र सांग्रिलाको जाँगरले हामीले धेरै राम्रा–राम्रा पुस्तकहरु पढ्न पायौँ । शारदा शर्माको ‘ताप’ को छाप हामी सबैको हृदयमा परेकै हो । पाण्डेबाबुले त्यसपछि, ‘लू’ पछि हामीलाई ‘चकलेट’ खुवाउनुभयो । चकलेटभित्रका कथाहरुमा व्यंग्य नै व्यंग्य, विसंगति र विरोधाभासको कलात्मक प्रस्तुति । अनौठो नााम बोकेर आयो– ‘घामकिरी’ । नाम सुन्दा नै आश्चर्य लागेको थियो । विमोचन भएको भोलिपल्टै मेरो हात प¥यो । थालेँ पढ्न ‘घामकिरी’ ! अद्भुत !
एउटा घटना याद आयो । धेरै वर्षअघि चितवनका मानक स्रष्टाहरु र ‘धानक’ स्रष्टाहरुलाई एउटा साहित्यिक वनभोजमा लिएर गएको स्वैर–कल्पनायुक्त रमाइलो लेख चितवन पोष्टमा छपाएको थिएँ । भाइ विमलप्रकाश देवकोटाले पढेछन् र त्यसलाई वास्तविक मानेछन् । मलाई फोन गरेर आफ्नो गुनासो प्रकट गरे, “मलाई किन खबर नगरेको ?” ‘घामकिरी’ पढ्दा मलाई पनि त्यस्तै भयो । सबै घटनाहरु सत्यझैँ लाग्दछ । होइन भन्न सकिँदैन, तर पूरै काल्पनिक । सबैले भने प्रेम नगर, मैले टेरिनँ । सायद यत्ति हो ‘घामकिरी’ । यिनै दुई  वाक्यको वरिपरि मेरो मगज घुमिरह्यो । प्रेम हुन्छ या गरिन्छ ? प्रेम के हो ? आजसम्म म स्वयम् पनि यो “प्रेम–चक्रव्यूहबाट उम्किन सकेको छैन । कतै–कतै त ‘राजु’ नयनराज पाण्डे नभएर म स्वयम् हुँ कि भन्ने भ्रम पनि भयो मलाई । आखिर यो संसारमा प्रेम कसले गर्दैन ? हो, प्रेमको रंग फरक हुन सक्छ । व्यवस्थापन हुन सकेमा ‘प्रेम’ वरदान, दुई हृदयको मिलन, होइन भने अभिशाप । यही प्रेमको एउटा अद्भुत स्वैर–कल्पना हो, ‘घामकिरी’ ।
यहाँ, यस टिपनटापन लेखमा म ‘घामकिरी’ भित्र के छ, त्यो कथानक पूरै उतार्ने क्षमता राख्दिनँ । मेरो आफ्नै सीमा छ । यो लेखको पनि सीमा छ । आज जे लेख्दै छु, म पनि प्रेम लेख्दै छु । उपन्यासको मूल पात्र नायक ‘राजु’ अर्थात्, लेखक स्वयम् हुन् । यो एउटा युवकको सपनाको बयान हो । कथाकार, उपन्यासकार, कवि एवम् चलचित्रकर्मी यी नेपालगन्जे ठिटाको शक्ति भनेको यिनको शैली हो । कतै पनि दिक्क लाग्ने शब्द संयोजन छैन । कला र शिल्पका हिसाबले यी खारिएका, तिखारिएका कलमबाज हुन् । मलाई मनपर्ने लेखक हुन् ।
योगमाया, पद्मिनी कोल्हापुरे र राजु, बीच–बीचमा जम्काभेट हुने अरु चरित्रहरु । बतासिएको कथा । राजुले देख्ने दिवास्वप्न । कहिले दिल्ली, कहिले आगरा, कहिले बम्बै, ती सीमान्तकृत पात्रहरु । कतै–कतै त मलाई ‘मुगरीलाल के हँसिन सपने’ भन्ने एउटा टिभी सिरियलको पनि याद आयो । अनेक सपना देख्दै, अनेक हन्डर खाँदै गोजीमा सीमित बजेट बोकेर राजु पुग्छ बम्बै । जुन–जुन पात्रलाई उसले के–के न परिकल्पना गर्दछ, ती सबै झुपडपट्टीका बासिन्दाहरु हुन्छन् । ‘चौटा खान गएकी बूढी………’ यो पनि चरितार्थ भएझैँ लाग्दछ । एउटा चिठ्ठाको कथा, त्यो हृदयविदारक अन्त्य, ‘चारु’ नाम गरेकी कुरुप प्रेमिका, अचम्म–अचम्मका पात्रहरु र उपकथाहरु पाइन्छन्, यस उपन्यासभित्र । पाठकको मन पटकपटक रोमाञ्चित हुन्छ । हो, मानिसको जीवनमा अक्सर नचिताएको नै भोग्नुपर्छ । पात्र राजुले मात्र होइन, उपन्यासका अधिकांश सीमान्तकृत पात्रहरु मृत्युको मुखमा पुगेका छन् । संसारमा सुख छ, त्योभन्दा बढी दुःख छ । त्यही दुःखभित्र सपना देख्छ मान्छे, सुखको ।
नयनराज पाण्डेको ज्ञानको सीमा, अध्ययनको परिधि कति फराकिलो रहेछ भनेर थाहा पाउन पनि यो उपन्यास पढ्नुपर्दछ । हामीले नयनराज पाण्डेलाई जति बुझेका छौँ, त्यतिमात्र उनी होइनन् । उनीभित्र एउटा मान्छे जिउँदो विश्वकोष भएर बसेको छ । पाठकले अघि कहिल्यै नपाएको सामान्य ज्ञान प्राप्त गर्न पनि यो पुस्तक सहयोगी हुन्छ । एउटी सुन्दरीलाई मल्टिनेसनल कम्पनीले कसरी विज्ञापनको वस्तु बनाएर बजारमा ‘शो केश’ मा सजाएको छ, त्यो यहाँ पढ्न पाइन्छ । मलाई हरेक ठाउँमा झसंग–झसंग बनाएको हो, यस उपन्यासको कथानकले । कतै–कतै भने मेरा पूर्वानुमानहरु नमिलेका होइनन् । अलिकता सुझबुझ भएको पाठकले कतिपय घटनाहरु अड्कल्न सक्दछ । मन सारै नै भरङ्ग त्यतिखेर हुन्छ, जतिखेर राजुले दिदीमार्फत आफ्नो पाँचौँ भाइ, नजन्मिएको भाइ गर्भमैँ मरेको खबर सुन्दछ । उसले भाइलाई धेरै कथा सुनाउने सपना देखेको थियो । सबै सखाप ! हरेक चाहनाहरु अधुरा छन्, हरेक सपना फगत् सपनामैँ सीमित भएका छन् । आखिर, यो एउटा उपन्यास नै हो । एउटा मान्छेको स्वैर–कल्पना । परम सत्य नहुन पनि सक्दछ, हुन्न नै । साहित्यमार्फत समाजलाई हेर्ने मात्रै हो । समाजमा रहेका तमाम अव्यवस्थामाथि लेखकले थप्पड दिने हो ।
एउटा अर्को पक्ष, यो कल्पनाको घोडा चढेर वायुवेगसित कुदेको कथा नेपालमा भन्दा बढी भारतमा चलायामान भएको छ । भारतीय समाजको बम्बै भनौँ वा मुम्बई नामको माया–नगरीको चित्रण राम्रोसित भएको छ । कतै मानवीय संवेदना थिलोथिलो भएको छ भने कतै–कतै अपत्यारिलो पाराले बाँचेको पनि छ । विरोधाभास यो दुनियाँको रीत नै हो । भारतका बारेमा स्वयम् भारतीयहरु भन्दछन्– ‘१०० मे से ९९ बेइमान, फिर भी मेरा भारत महान् ।’ ६० वर्षे लोकतन्त्रमा भारतमा पनि सबैभन्दा बढी मौलाएको भ्रष्टाचार नै हो । त्यही भएर आमआदमी नामको पार्टी र अरविन्द केजरीवाल जन्मिन्छन् । त्यस्तो देशमा हाम्रो अल्लारे राजु आफ्नी प्रेमिकासित प्रेम विनिमय गर्न, सपना साकार गर्न आँखा चिम्लिएर हाम फाल्छ । अनेक सपना देखेर विदेश पलायन हुने युवायुवतीहरुलाई पनि घुमाएर यो उपन्यासले सन्देश दिन खोजेको छ । म समीक्षक, समालोचक केही पनि होइन । प्रेम–प्रसाद हो यो मेरो ।
आज चितवनमै कविडाँडा साहित्य समाजको सक्रियतामा ‘घामकिरी’ उपन्यासमाथि अन्तरक्रिया हुँदैछ । सम्पूर्ण साहित्यानुरागीहरुलाई कार्यक्रममा उपस्थित भएर शोभा बढाइदिन हुन म अनुरोध गर्दछु । मित्र नयनराज पाण्डे र मित्र मणि शर्मा एवम् ‘मुग्ध सिम्फोनी’ मित्र किशोर पहाडीलाई चितवनमा हार्दिक स्वागत गर्दछु । एलबी क्षेत्री दाजुको जाँगर र चितवने युवाहरुको सक्रियता लोभलाग्दो छ । आफू पनि चितवनवासी नै भएकाले गर्वानुभूति हुन्छ नै । आजको कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु ।
र अन्त्यमा, मेरा प्रिय स्रष्टा भाइहरु, ‘चिचिपापा’ अर्थात्, ‘सङ्गीत आयाम’ र ‘सिर्जन अविरल’ का नयाँ पुस्तक क्रमशः ‘दासहरुको कुम्भमेला’ निबन्धसङ्ग्रह र ‘क्यान्टोनमेन्ट र अरु कविताहरु’ कवितासङ्ग्रहमाथि हुने अन्तरक्रियाको कार्यक्रम पनि बडे भैया एलबी क्षेत्री प्रमुख रहेको यही ‘कविडाँडा साहित्य समाज’ले नै गर्ने थाहा पाउँदा स्रष्टाद्वय सङ्गीत आयाम र सिर्जन अविरललाई अग्रिम बधाई नदिइरहन सक्दिनँ । अब आउने शनिबार पुस २७ गते भरतपुर नगरपालिकामै हुने त्यो विशेष कार्यक्रम पनि आजको ‘घामकिरी’को जस्तै भव्य र सभ्य हुनेछ भन्दै सफलताको कामना गर्दछु ।

Related Posts

Chitwan Post

हाजिरीजवाफमा होलिभिजन पहिलो

साहित्य पुरस्कार डा नवराज लम्साललाई

साहित्य पुरस्कार डा नवराज लम्साललाई

Chitwan Post

समृद्धि [कविता]

Discussion about this post

अन‌ि यो पनि

आर्थिक अभावमा रक्त क्यान्सरका बिरामी, सहयोग गरिदिन परिवारको अपिल
समाज

आर्थिक अभावमा रक्त क्यान्सरका बिरामी, सहयोग गरिदिन परिवारको अपिल

भरतपुर । भरतपुर महानगरपालिका वडा नं १० स्थित कोठाभाडामा बस्दै आएका ५४ वर्षका गुणराज पौडेल अहिले क्यान्सर रोगसँग लडिरहेका छन्...

Read more
अनुशासनका लागि भन्दै विद्यार्थीको कपाल मुण्डन

अनुशासनका लागि भन्दै विद्यार्थीको कपाल मुण्डन

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In