-सन्ध्या ‘विवश पथिक’
पुस–माघ ठिहि¥याउँदो कोट छैन हजुर
वर्षा याम काट्न गाह्रो ओत छैन हजुर
भोकको आगो हुर्हुरी दन्कन्छ पलपल
बञ्जर जमिन उब्जाउ तर जोत छैन हजुर
झूटको खेती गरी नेता बन्न सकिनँ
सोझासीधा जनतासँग भेट छैन हजुर
पिठो, खोले सधैँ–सधैँ भात खाने रहर
स्वार्थी यो जमानामा रोट छैन हजुर
रातदिन पसिना पोख्यो खानुछैन पेटभरि
पैसा फल्ने कहीँ–कतै बोट छैन हजुर ।
Discussion about this post