कविशिरोमणि लेखनाथ पौड्याललाई विशेषगरी यो हप्ता स्मरण गरिएको छ । १३०औ“ जन्मजयन्तीको अवसर पारेर यस हप्ताभरि नै देश तथा विदेशमा विभिन्न कार्यक्रमहरू भैरहेका देखिए । वि.सं. १९४१ सालमा गण्डकी अञ्चल, कास्की जिल्लाको अर्घौ“–अर्चले भन्ने स्थानमा उनको जन्म भएको थियो । खासगरी, नेपाली कवितामा विशिष्ट तथा उल्लेख्य योगदान पु¥याउने लेखनाथ पौड्याल नेपालीहरू सबैले गर्व गर्न लायक धरोहर हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट् बालकृष्ण समकै समकक्षीका रूपमा उनलाई लिइएको अवस्था हुनाले नेपाली साहित्यका त्रिमूर्तिमध्येका एकका रूपमा उनी निकै प्रसिद्ध पनि छन् ।
लेखनाथ पौड्याललाई नेपाली काव्यमा आधुनिक कालका प्रवर्तकका रूपमा गणना गरिन्छ । साहित्यमा उनको मूल्याङ्कन थुप्रै तरिकाले गर्न सकिने आधारहरू असङ्ख्य छन् । नेपाली जनमानसमा उनको ख्याति अरू स्रष्टाहरू भन्दा निकै अलग त छ नै, अझ जबर्जस्त रूपमा परेको प्रभाव पनि महसुस गर्न नसकिने होइन । अनुवाद र सम्पादनमा समेत अनुकरणीय दक्षता प्रदर्शन गर्ने कविशिरोमणिले नेपाली साहित्यको काव्यधारामा शास्त्रीय भावधारालाई सशक्त रूपमा अघि बढाएको इतिहास साक्षी छ । उनले आफ्नो जीवनभरि नै नेपाली काव्यका माध्यमबाट नेपाली समाजलाई रूपान्तरण गर्न ठूलो भूमिका खेलेका छन् । उनी सुसंस्कृत र समुन्नत नेपाली समाज निर्माणका निम्ति जीवनको उर्बर समयमा साधनारत पनि रहे । नेपाली मन–मनमा उनका सिर्जनाहरूबाट उपलब्ध हुने नैतिकता, शिक्षा, चेतना र सकारात्मक सन्देशले निकै ठूलो भूमिका खेलेको देखिन्छ, जसलाई अस्वीकार गर्न सकि“दैन ।
लेखनाथ पौड्यालको कविता लेखनको आरम्भ भने वि.सं. १९६१ सालबाट भएको हो । त्यो वर्ष उनका दुई कविताहरू प्रकाशित भएको कुरा विभिन्न समीक्षकहरूले जनाएका छन् । १९७० मा प्रकाशित भएको उनको ‘शोक प्रवाह’ नामक शोककाव्य, १९७३ मा आएको ‘ऋतु विचार’ खण्डकाव्य र त्यही वर्षमा नै प्रकाशित भएको ‘बुद्धि विनोद’ खण्डकाव्यका कारण नेपाली साहित्यमा काव्यले विशिष्ट उचाइ प्राप्त गर्न सकेको कुरामा शङ्का गर्नुपर्दैन । त्यसरी नै उनका अरू बहुचर्चित कृतिहरू पनि त्यसपछि प्रकाशित भएका देखिन्छन्, जसमा सत्यकलि संवाद (१९७६), गीताञ्जलि (१९८६), लक्ष्मीपूजा (१९९४), तरुण तपसी (२०१०) लगायतका कृतिहरू पर्दछन् । कविशिरोमणिका ‘पि“जराको सुगा’, ‘सत्य–सन्देश’, ‘कालमहिमा’ जस्ता कविताहरूलाई नेपाली साहित्यमा कालजयी रचनाका रूपमा लिइएको पाइन्छ । यस्ता विलक्षण तथा महान् कविको मृत्यु २०२२ सालमा देवघाटमा भएको थियो।
Discussion about this post