भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको टाँडीस्थित शान्ति चोकमा बुधबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
वीरगन्जबाट काठमाडौँतर्फ जान आउँदै गरेको भारतीय नम्बरको एच आर ३८ एच ८७६२ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा४६प ७४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा सर्लाही घर भई हाल इलाका प्रहरी कार्यालय रत्ननगरमा कार्यरत प्रहरी हवल्दार जगतबहादुर भण्डारी र मकवानपुरका प्रवीण प्रजा रहेका छन् । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post