‘डाक्टरहरु अनुशासित बन’

अन‌ि यो पनि

भरतपुर ।  स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रविण मिश्रले डाक्टरहरुले समय पालना नगर्ने गरेको गुनासो धेरै आउने गरेको भन्दै डाक्टरहरुलाई अनुशासीत हुन आग्रह गरेका छन् ।
तोकिएको समय भन्दा ढिलो आउने र छिटो जाने केही डाक्टरहरुको बानीले गर्दा असल डाक्टर पनि अनुशासनहीन बन्ने गरेको गुनासो गर्दै जनताको स्वास्थ्यसँग खेलवाड नगर्न सचिव डा. मिश्रले चेतावनी दिए ।

भरतपुर अस्तालमा सुरू भएको पीसीएल नर्सिङ कार्यक्रमको बिहीबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका सचिव डा. मिश्रले भरतपुर अस्पतालमा सीब्लक बनाउने काम प्राथमिकतामा राखिएको बताए ।
सीटीईभीटीबाट स्वीकृत लिई भरतपुर अस्पतालले यस शैक्षिक सत्रदेखि नर्सिङ पढाउन सुरू गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले चिकित्सा पेशा बदनाम हुन नदिन स्वयम् चिकित्सकहरु नै सचेत हुनुपर्ने बताए । साथै प्रजिअ शर्माले अस्पतालको व्यवस्थापकीय पक्ष सुधार हुनुपर्नेमा जोड दिए ।

भरतपुर अस्पताल संचालक समितिका पूर्वअध्यक्ष बद्री तिमिल्सिनाले सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु निजी अस्पतालमा बढी समय दिने, सरकारी अस्पतालमा उपचार सम्भव भएकालाई पनि अनेक बहाना बनाई आफू सम्बद्ध निजी अस्पतालमा रिफर गर्ने गरेको आरोप लगाए ।
कार्यक्रममा नेपाल नर्सिङ परिषद्की अध्यक्ष दयालक्ष्मी वैद्य, नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष हरिप्रसाद न्यौपाने, भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्टेण्ट डा. महेन्द्र न्यौपानेलगायतले नर्सिङ शिक्षाको आवश्यकता र मह¤वका बारेमा बोलेका थिए । कार्यक्रम भरतपुर अस्पतालका मेसु डा. महेन्द्र न्यौपानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया