नारायणगढ । भरतपुर नगरपालिका वडा नम्वर ४ मा रहेको चमेलीदेवी पिया राष्ट्रिय निम्न माध्यमिक विद्यालयले यही पौष २१ गतेदेखि २५ गतेसम्म मनाउने रजत जयन्तीको तयारी तीव्र भइरहेको स्कुलले जनाएको छ ।
विस २०४५ सालमा स्थापित यस स्कुलले विविध कार्यक्रमका साथ रजत जयन्ती मनाउन लागेको हो । कार्यक्रमलाई सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनाथ गौतमको संयोजक¤वमा २२५ सदस्यीय मूल समारोह समिति तथा दसवटा उपसमिति गठन गरिएको प्रचारप्रसार समितिका संयोजक अर्जुन अधिकारीले बताए ।
भरतपुर नगरपालिका वडा नम्वर ४ को एकमात्र सहकारी विद्यालय रहेकाले आफ्नो स्थापनाको २५ वर्षको गौरवमय समयमा हालसम्मको विद्यालयको प्रगति यसका सहयोगी शुभेच्छुकहरुको सम्मानमा विविध कार्यक्रमसहित रजत जयन्ती मनाउन लागिएको हो ।
विद्यालयकी प्रधानाध्यापक निर्मला श्रेष्ठले २१ र २३ गते विविध खेलकुद २२ गते साहित्यिक गोष्ठी र चित्रकला, २४ गते शोभायात्रा र २५ गते मूल समारोह आयोजना गरिएको जानकारी दिइन् । विद्यालयमा झण्डै ४०० विद्यार्थी अध्ययनरत छन् ।
Discussion about this post