भरतपुर । क्यान्सरपीडित बालक मनोज विकको सहयोगको लागि नारायणी डेभलपमेन्ट बैंक क्यान्सर शाखा भरतपुरमा खाता खोलेको छ ।
बालक मनोज विककै नाममा सोझै रकम सहयोग गर्न सकिने गरी सो खाता खोलिएको हो । बैंकको ११५ बीबीमा मनोज विकका नाममा सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।
पीडित बालकका लागि सहयोग गर्न चितवन पोष्टमा समाचार सार्वजनिक भएपछि सहयोगीहरुका लागि सो खाता खोलिएको हो । मनोजको अहिले क्यान्सर अस्पताल भरतपुरमा शल्यक्रियापछि उपचार भइरहेको छ ।
Discussion about this post