कृषि विकासमा सामुदायिक सहभागिता

अन‌ि यो पनि

-सुदिप गैरे
मानवजीवनको प्रमुख तीन आधार गाँस, बास, कपासमध्ये गाँस कृषिस“गै जोडिएको छ । विश्वमा जनसङ्ख्या अति नै तीव्र गतिमा उचालिँदै छ । यस्तो परिस्थितिमा कयौँ मानवले आज निराहार जीवन गुमाउनु परेको छ । विश्वमा जतिसुकै वैज्ञानिक आविष्कार भएता पनि अहिलेको मानव मागलाई पूरा गर्न सक्ने कृषि उत्पादन भएको छैन, जसका कारण मानवसमाज नै भड्किन पुगेको छ । ठूलो तलाउका बीचमा जति नै राम्रो कमल फुलेता पनि तलाउको गहिराइ मापन नगरी टिप्न जाने निर्णय गरिन्छ, अनि त्यो कार्य भयानक र व्यर्थ हुन सक्छ । त्यस्तै गरी, कृषि विकासमा केन्द्रमा जतिसुकै विकासका आधारका योजना तर्जुमा गरे पनि त्यो समुदायमा लागू हुँदैन भने त्यो व्यर्थ हुनेछ ।
हुन त, नेपालमा केन्द्रमा बसेर गरिएका केही अंश सामुदायिक जीवनमा लागू भए होलान्, कृषिले केही हदसम्म फड्को मा¥यो होला, तर जुन रुपमा कृषि विकास हुनुपथ्र्यो, त्यो नगन्य छ । नेपालभन्दा धेरै पछाडि कृषि विकासमा अघि बढेका राष्ट्रहरु अहिले विश्वलाई नै खाद्यान्न बाँडिरहेका छन्, तर नेपालमा भोकमरीको समस्याले कयौँ जीवन गुमेका छन् । त्यसैले, सामुदायिक कृषि विकासमा समुदायलाई नै परिचालन गर्ने अनि केन्द्रबाट वैज्ञानिक स्रोत र साधन उपलब्ध हुने हो भने नेपालको आर्थिक क्रान्ति पनि कृषिबाटै सुरूवात हुनेछ ।
“काम गर्दै सिक्ने” सिद्धान्तका आधारमा समुदायलाई संलग्न गराई सञ्चालन गरिने विकास प्रक्रियाले दिगो विकासले लक्ष्य हासिल गर्न मद्दत गर्दछ । समुदायलाई नै अगाडि सारेर गरिने विकासका क्रियाकलापले एक त उनीहरुमा कार्यक्रममा अपनत्वको भावनाको विकास हुन्छ भने अर्कोतिर तिनको मर्मत–सम्भारमा समेत उनीहरुको नै संलग्नता हुने परिपाटीको विकास हुन्छ । समुदायको हितका लागि कार्यान्वयन गरिने विकासका क्रियाकलापलाई पारदर्शी, उत्पादनमूलक र प्रभावकारी बनाउनका लागि समुदायकै प्रत्यक्ष संलग्नता जरूरी हुन्छ ।
किसानहरुका समस्या उनीहरुमार्फत नै पहिचान गराउने, समुदायसँगै तिनको योजना बनाउने, उनीहरुकै संलग्नतामा योजनाहरुको कार्यान्वयन गर्ने÷गराउने र प्राप्त प्रतिफलको समानुपातिक वितरणलाई सुनिश्चित गराउने खालको परिपाटी विकास गर्न सकेको खण्डमा सरकारी परिवर्तनका संवाहक भनेको समुदायका सदस्य नै हुनेछन् । यसका लागि सर्वप्रथम समुदायको भूमिका र सहभागितालाई नै स्वीकार गरिनुपर्दछ ।
डेनमार्कको कोपनहेगनमा सन् १९९५ मा सम्पन्न “सामाजिक विकासका लागि विश्व सम्मेलन” ले पनि विकासको मुख्य स्रोत र लक्ष्य नै जनताको क्षमताको विकास र सशक्तीकरणलाई आत्मसात् र योजना कार्यान्वयन अनि मूल्यांकनका चरणहरुको निर्णय प्रक्रियमा समुदायको पूर्ण सहभागितालाई आवश्यक ठानेको छ । तर, जनसहभागितालाई परिवर्तन र विकासको मह¤वपूर्ण त¤वका रुपमा लामो समयदेखि स्वीकार गरिएको भएता पनि नेपालमा यसलाई सन्तोषजनक रुपमा अभ्यास गरिएको छैन ।
chart
आज पनि कुल उत्पादनको मह¤वपूर्ण हिस्सा कृषि क्षेत्रले ओगटेको छ । कुल जनसंख्याको झन्डै दुईतिहाई हिस्सा कृषि पेसामा नै आश्रित छ । तथापि, कृषि पेसालाई मर्यादित र उत्पादनमूलक बनाई निर्वाहमुखी खेती प्रणालीमा परिवर्तन गरी व्यावसायिक र आधुनिक बनाउनु आजको चुनौतीका रुपमा रहेको छ । कृषि क्षेत्रमा गरिने लगानी र योजनाबद्ध प्रयासले आज पनि समुदायका सदस्यहरुको जीविकोपार्जनमा उल्लेखनीय प्रभाव पार्न नसकेको यथार्थ छर्लंग नै छ । किसानहरुका जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने कृषि विकासका क्रियाकलापको निर्धारण र कार्यान्वयन किसानहरुको आवश्यकता र प्राथमिकताका आधारमा नहुँदा वाञ्छित उपलब्धि हासिल हुन सकेको छैन ।
नेपालको परिपाटीमा पुरानै खेती प्रणाली, आवश्यक सीप, तालिमको अव्यवस्था, सरकारी तवरबाट उचित लगानी र प्राविधिकको कमीका कारण सामुदायिक सहभागिताले कृषिमा कुनै पनि क्रान्ति भित्र्याउन सकेको छैन । सर्वप्रथम किसानहरुमाझ कृषि समूहको गठन गर्ने, उनीहरुबीच मासिक रुपमा कोष जम्मा गर्ने प्रणालीको विकास गर्ने, जसको कारण त्यही जम्मा गरिएको रकम निश्चित ब्याजमा एक किसानले लगी आफ्नो आवश्यकता पूर्ति गर्न सक्छ । त्यस समूहमा कृषि कार्यालयका प्राविधिकहरु गई आईपीएम तालिम, कृषि प्रणालीको विकासमा तालिम आदि दिनुपर्दछ ।
त्यस्तै गरी, उनीहरुबीचको सम्बन्ध सुधार गर्नका निम्ति अ‍ैँचोपैँचोको कार्यक्रम अगाडि सार्ने, जसका कारण जनशक्तिको पनि बचत हुने गर्दछ । निश्चित स्रोत र साधनमा गाउँमा कुलो निर्माण, बाटोघाटो अन्य क्रियाकलापमा समुदायलाई नै अगाडि बढी समुदायमा “हामी” भन्ने भावनाको विकास गर्न सकेमा कृषि विकासले निकै चाँडो फड्को मार्न सक्ने देखिएको छ । कृषि विकासमा समुदाय र त्यहाँका सदस्यलाई कोशेढुंगाको रुपमा स्थापित गराई सरकारी क्षेत्रबाट उनीहरुमा टेवा थप्दै कृषि विकासमा लाग्नुपर्ने आवश्यकता देखिएको छ, अनि मात्र भन्दै आइएको आर्थिक क्रान्ति कृषिबाट सुरूवात हुनेछ ।
(कृषि तथा पशु विज्ञान अध्ययन संस्थान
रामपुर क्याम्पस रामपुर, चितवन)

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया