सार्वजनीक सुनुवाईमा पारदर्शीताको माग

अन‌ि यो पनि

पिठौली । नवलपरासीको पिठौली गाविसअन्तर्गत बजेटको पारदर्शी प्रयोग र लोकतान्त्रिक सुशासन विषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जको आयोजनामा पिठौली गाविसको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरुले गाविसको बजेट हालसम्म पारदर्शी ढङले प्रयोगमा ल्याएको र यसलाई अझैं पारदर्शी बनाउन सबै जागरूक हुनपर्ने बताएका थिए ।
गाविसलाई प्राप्त हुन आउने बजेट सवैं वडाहरुमा समानतवरले वितरण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले बजेटको पारदर्शी प्रयोगका सम्बन्धमा स्थानीयवासी नै चनाखो हुनुपर्ने बताउनुभयो । उहा“ले गाविसले उपलब्ध गराउने सेवा सुविधाका विषयमा प्रश्न गर्ने अधिकार नागरिकलाई भएको भन्दै त्यस विषयमा निर्धक्क भएर स्थानीय निकायमा आफ्नो धारणा राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हरिनारायण रेग्मी, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीहरु स्थानीय संघसस्थाका प्रमुखहरु, वडा नागरिक मञ्चका संयोजकलगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा उठेका जिज्ञासाहरुको पिठौंली गाविसका सचिव कृष्णप्रसाद पौडेलले जवाफ दिनुभएको थियो ।
रेडियो मध्यबिन्दु एफएम संचालक समितीका महासचिव कुलप्रसाद भुषालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण एफएमका स्टेशन म्यानेजर रमेश बस्ताकोटीले गर्नुभएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया