नवलपरासी । शीतलहरले तरकारी नो्क्सान भएको छ । नवलपरासीका कीसानहरुको तरकारीबारीमा बिगत केही दिन देखी परेको सीतले लाखौको तरकारी खेती नोक्सान भएको हो ।
लगातार परेको सीत लहरले आलु, काउली गोलभेडा गायतका तरकारीमा डडुवा रोगको प्रकोप देखीएको कीसानहरुले बताएका छन । डडुवा रोगले जिल्लाको तराई क्षेत्रमा धेरै प्रभाब पारेको छ । नवलपरासीका शुक्रौली, बन्झरीया, हकुई, हरपुर, रमपुरुवा, गेरीमी लगायतका गाबिसका किसानहरुको तरकारी शितलहरीले नोक्सान पुराएको छ ।जिल्ला कृषि बिकास कार्यालयले यसबारेमा प्रबिधिक ज्ञान नदिदा कुन औषधि प्रयोग गर्ने भन्ने ज्ञान नभएको किसानहरुको गुनासो रहेको छ । नवलपरासीमा २ हजार हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ ।
Discussion about this post