भरतपुर । घरेलु हिंसामा परेका महिला तथा बालवालिकाको क्षेत्रमा कृयाशिल सस्था आर्दश गृह भरतपुरले संरक्षणमा रहेकाहरुलाई आयमुलक सिप दिएर आत्मनिर्भर बनाउने अभियानलाइृ जोड दिएको छ । ०६६ सालमा स्थापना भएको गृहले हालसम्म ३ सय ५० भन्दा बढि हिंसामा परेका चेलिहरुलाई उद्धार गरिसकको छ ।
गृहमा आश्रित महिला तथा बालवालिकालाई केन्द्रित रहेर सञ्चालन भएको प्राकृतिक स्रोतमा आधरीत सिप व्याग बनाउने तालिमको आज औपचारीक समापन गरीएको छ । नेचुरल रिसर्च डेपलपमेण्ट सेन्टर कि श्यामा वदना श्रेष्ठले तालिममा सहजिकरण गर्दै आत्मनिर्भर बन्न सकिने उपायका बारे प्रकाश पार्नुभएको थियो । आर्दश गृहकि संयोजक मिना खरेलले गृहमा १० महिला सहित ११ जना बच्चा रहेको जानकरी दिनुभयो ।
त्यस्तै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशि, रोटरी क्लब अफ बुढानिलकण्ठका राधेश्याम भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रम रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सहन प्रधानको अध्यक्षता भएको हो ।
Discussion about this post