ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सन् २०१४ लाई स्वागत

by चितवन पोष्ट
२०७० पुष १७, बुधबार ०२:३९ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

अङ्ग्रेजी क्यालेन्डरअनुसार नयाँ वर्ष सन् २०१४ आजदेखि सुरु भएको छ । विश्वभरका मानिसहरु यो वर्ष मनाउन तयारी गरिरहेका छन् । नेपालमा पनि यो वर्षको आगमनसँगै विविध कार्यक्रमका साथ स्वागत गरिँदैछ । सन् २०१३ मा भएका विविध उपलब्धिहरुको रक्षा र समीक्षा गर्दै नयाँ वर्षको आगमनसँगै नेपाली जनताले नयाँ अपेक्षा पनि गरिरहेका छन् । हुन त हरेक दिन नयाँ बनेर आउँछन्, जान्छन् । विगतका दिनहरु सबै ऐतिहासिक बन्न सक्दैनन् । तर, हरेक दिन उत्तिकै मह¤वपूर्ण र उपलब्धिमूलक बनाउन सके सबै वितेका दिनको ऐतिहासिकता झल्किन्छ । नेपालमा पनि सन् २०१३ उपलब्धिमूलक नै रह्यो । विश्व शान्ति, विकास, सुरक्षा तथा मानव स्वतन्त्रताको सवालमा सन् २०१३ प्रभावकारी नै रहेको मान्नुपर्छ । नेपालमा राजनीतिक स्थायि¤व र प्रजातान्त्रिक प्रक्रियालाई नवजीवन प्रदान गर्न गत मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । सो निर्वाचनमा नेपालको इतिहासमै सबैभन्दा बढी ७३ प्रतिशत जनताले मतदान गरेर कीर्तिमान कायम गरे । यो निर्वाचनलाई ऐतिहासिक उपलब्धिका रुपमा लिइएको छ ।
सन् २०१३ नेपालले खेलकुदकै सबैभन्दा ठूलो उपलब्धि हासिल ग¥यो । विश्वकप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा प्रवेश गरी इतिहास रच्न सफल भयो । १९९६ देखि क्रिकेटमा प्रवेश गरेको नेपालले १७ वर्षपछि मात्रै विश्वकपको ढोका खोल्न सफल भएको हो । आगामी मार्चमा बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाली टीमले खेल्नेछ । नेपालले सहश्राब्दी विकास लक्ष्यमा पनि मह¤वपूर्ण उपलब्धि हासिल गरेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको गरिबी २३.८२ प्रतिशतमा झरेको उल्लेख छ । सन् २०१० मा गरिबी प्रतिशत २५.४ प्रतिशत रहेको थियो । सन् २०१५ सम्ममा नेपालको गरिबी २१ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यस्तै प्राथमिक शिक्षा, लंैगिक समानता र महिला सशक्तिकरण, शिशु मृत्युदर, सामाजिक सेवा, मातृ स्वास्थ्य, एचआइभी एड्स, औलो तथा अन्य रोग नियन्त्रणमा पनि उल्लेखनीय प्रगति भएको छ ।
यो वर्ष विश्वमा थुप्रै घटनाहरु भए । सन् २०१३ मा प्रजातन्त्रका शिखर पुरुष तथा रंगभेदविरुद्धको आन्दोलनका महानायक दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डलाको ९५ वर्षको उमेरमा निधन भयो । उनको योगदानबाट दक्षिण अफ्रिकी जनतालाई मात्रै होइन विश्वलाई नै शोकमा डुबाइदियो । छिमेकी भारतमा नयाँ शक्तिको रुपमा उदाएको आम आदमी पार्टीले आजैदेखि हरेक परिवारलाई मासिक २० हजार लिटर निःशुल्क पानी वितरण गर्ने निर्णय गरेको छ । भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउँदै आएको आम आदमीका नेता अरविन्द केजरीवालले मुख्यमन्त्रीको सत्ता सम्हालेको ४८ घन्टाभित्रै आफूले चुनावमा दिएको वचन पूरा गरेर सकारात्मक सन्देश दिएका छन् । अहिले नेपाली राजनीतिमा पनि केजरीवालको चर्चा गर्न थालिएको छ । हाम्रा नेताहरुले पनि जनतालाई दिएका आश्वासनहरु उदाहरणका रुपमा प्रस्तुत गर्नुपर्ने देखिएको छ । यो वर्ष शान्ति, सुरक्षा, विकासलगायत विकासका सबै तहमा महिला सहभागिता सुनिश्चित गर्दै उनीहरुको सशक्तिकरण गरी संवैधानिक तथा कानुनी रुपमा समानअधिकार दिनुपर्ने आवश्यकता छ । यस्तै यो वर्ष नयाँ लोकतान्त्रिक संविधान निर्माण गरी शान्ति प्रक्रियालगायत राजनीतिक गतिरोध तथा संक्रमणकालीन अवस्था अन्त्य हुन सकोस् नयाँ वर्ष सन् २०१४ को शुभकामना ।

Related Posts

Chitwan Post

कोरोना महामारीको एक वर्ष

Chitwan Post

शहीद सप्ताहको सन्दर्भ

Chitwan Post

सिसी क्यामेराको ‘औचित्य’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In