ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

उवासंघ चितवनमा उपाध्यक्षको आकांक्षी धेरै

by चितवन पोष्ट
२०७० पुष १७, बुधबार ०२:२९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–दिपेन्द्र अधिकारी
नारायणगढ । उद्योग वाणिज्य संघ चितवनको नयाँ कार्यसमिति सहमतिमै बन्ने आशा गरिएपनि साधारणसभा हुने दिन नजिँकिदै गर्दा प्यानल बनाउने र आ आफ्नो पक्षमा लबिङ तथा प्रचारप्रसार गर्ने काम सुरू भएको छ । जसले यसपटक पनि संघको नेतृत्वका लागि चुनाव हुने पक्का देखिन्छ ।
उवासंघ चितवनको १७ औं कार्यसमिति चयनका लागि आगामी पुस २९ र ३० गते साधारणसभा हुँदैछ । यसै दिनबाट हाल कार्यसमितिमा रहेका अध्यक्ष डा. तिलचन्द्रभट्टराई नेतृत्वको कार्यसमिति विघटन हुनेछ भने नयाँ नेतृत्वले उवासंघलाई समाल्नेछ ।
सरसर्ती हेर्दा उवासंघमा वरिष्ठ उपाध्यक्ष रहेको व्यक्ति सहमति भएको अवस्थामा अध्यक्ष हुने परम्परा छ । यसरी हेर्दा हालका वरिष्ठ उपाध्यक्ष कल्याण जोशी नै अध्यक्ष बन्ने लाइनमा छन् । तर, संघमा तीन कार्यकाल सदस्य रही बीचमा एक कार्यकाल उपाध्यक्ष पदमा पराजित भएका र अघिल्लो चुनावमा पछि हटेका श्रीभक्त अच्यूत वाग्ले जोशीलाई चुनौती दिँदै अध्यक्ष पदका लागि अघि बढेका छन् ।
संस्थापन र बाहिरी समूह भनी चुनावी प्रचार थालिएको छ । खासगरी उपाध्यक्षका आकांक्षीहरुले भने आफूहरु संस्थापन वा बाहिरी दुवै समूहको नभई दुवैको समर्थनमा स्वतन्त्र हिसावले अघि बढ्न चाहेको प्रतिक्रिया दिएका छन् ।
वाग्ले नेतृत्वमा यसअघि अध्यक्ष पदमा लड्ने भनिएका राजन गौतम वरिष्ठ उपाध्यक्षमा झर्न तयार भएका छन् । आफूभन्दा अग्रज नै अध्यक्ष बन्ने भएपछि आफू एकतह झरेको गौतमले बताए । वाग्ले प्यानलले आज बुधबार पत्रकार सम्मेलन गरी आफ्नो समूहको नाम सार्वजनिक गर्ने भनेपनि हालसम्म अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाहेक अन्यको नाम पक्का भइनसकेको अध्यक्षका आकांक्षी वाग्लले बताए ।
अधिकांश पूर्वअध्यक्षहरुको समर्थन र हालको कार्यसमितिमा पनि अधिकांश सदस्यले समर्थन जनाएका कारण अध्यक्ष पदका उम्मेदवार जोशी चुनाव भएमा पनि त्यो आफ्नो पक्षमा परिणाम आउनेमा ढुक्क देखिन्छन् ।
अघिल्लो कार्यकालका प्रथम उपाध्यक्ष मनोज प्रधान चुनाव नलडेपछि द्वितीय उपाध्यक्ष रहेका जोशी एक तह फड्को मार्दै वरिष्ठ उपाध्यक्ष चयन भएका थिए । अध्यक्षको लाइनमा देखिएका जोशीका लागि नेतृत्व हत्याउने बाटो भने सहज देखिँदैन । दुई कार्यकाल निष्क्रिय रहेर यसपटक नेतृत्व हत्याउने दाउमा वाग्ले छन् ।
मनोज प्रधानलाई अध्यक्षको रुपमा अघि सार्ने प्रयासभित्रभित्रै भइरहेको भनिएपनि प्रयास निरर्थक भएपछि प्रधानको पक्षमा देखिएका केही उद्योगी व्यवसायी जोशीको समर्थनमा लागेका छन् । हालका वरिष्ठ उपाध्यक्ष कल्याण जोशी अध्यक्ष पदका लागि निर्विकल्प रहेको संघका अधिकांश सदस्यहरु बताउँछन् ।
वरिष्ठ उपाध्यक्षमा जाने लाइनमा रहेका सहनलाल प्रधानसँगै गौतमको प्रतिस्पर्धा हुने देखिन्छ । हालका प्रथम उपाध्यक्ष समेत रहेका प्रधानले भने, ‘सकेसम्म मिलेर जाने हो नत्र चुनावको विकल्प छैन ।’
चुनावी परिणाम आफूलाई सर्वमान्य हुने बताउँदै प्रधानले संघभित्रको आफ्नो भूमिका, जिम्मेवारी, नेतृत्वदायी क्षमताका कारण जित आफ्नो पक्षमा हुनेमा भने ढुक्क रहेको प्रतिक्रिया दिए ।
अध्यक्ष र वरिष्ठ उपाध्यक्षसँगै अन्य उपाध्यक्षमा को–को उठ्ने भन्ने विषय झनै चर्चामा छ । उपाध्यक्षका आकांक्षी धेरै छन् । उपाध्यक्षमा हालका उपाध्यक्षहरु ऋषि लामिछाने र राजु श्रेष्ठ भ¥याङ चढी माथि जाने पक्का भएको दुवैले बताए ।
त्यस्तै कार्यसमितिको सदस्य पदमा रहेका बद्री अधिकारी, चिरञ्जीवी सुवेदी, चुननारायण श्रेष्ठ, सुमन श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, खोमकान्त रेग्मी र प्रद्युम्न सापकोटा चुनावी मैदानमा उत्रने पक्का भएको छ । कतिपयले प्रचारप्रसार पनि थालिसकेका छन् ।
शंकर कँडेलको नाम उपाध्यक्षमा चर्चामा रहेपनि कँडेलले भने व्यवसायका कारण आफू उवासंघको कुनै पनि पदमा नरहने प्रतिक्रिया दिएका छन् । उवासंघको इतिहासमा महेन्द्रलाल प्रधान, रामप्रसाद श्रेष्ठ, मदनलाल जोशी र डा.भट्टराई चुनावी प्रतिस्पर्धाबाट नेतृत्व हात पार्न सफल व्यक्तिहरु हुन् ।
बाँकी अन्य व्यक्तिहरु सहमतिमै अध्यक्ष भएका थिए । उवासंघका झण्डै १ हजार ९ सय जनाले मत हालेर नयाँ नेतृत्व चुन्ने छन् । कार्यसमिति ३ जना मनोनित एक पदेनसहित ३३ सदस्यीय रहने व्यवस्था छ ।
कार्यसमितिको २ वर्षे कार्यकाल रहने व्यवस्था छ । २०१९ साल माघ १९ गते उवासंघको स्थापना भएको हो । उवासंघको आयोजनामा प्रत्येक २ वर्षको फरकमा चितवन महोत्सव पनि हुँदै आएको छ । नेतृत्वमा दुईपटक रहनेमा सूर्यनारायण पिया, कृष्णबन्धु पिया र महेन्द्रलाल प्रधान रहेका थिए ।
२०६६ सालमा विधान संशोधन हुनुअघि पदाधिकारीमात्र अध्यक्षका लागि लड्न पाउने व्यवस्था भएकोमा संशोधनपश्चात् कार्यसमितिमा एक कार्यकाल बिताएकाले पनि अध्यक्षका लागि लड्न पाउने व्यवस्था छ ।

Related Posts

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

किसानका दुःख : बजार मूल्य नपाउँदा लगानी उठाउनै धौधौ

किसानका दुःख : बजार मूल्य नपाउँदा लगानी उठाउनै धौधौ

Chitwan Post

पर्यटन प्रवर्द्धन गर्न ‘राइड टु सोमेश्वरगढी’

Discussion about this post

अन‌ि यो पनि

दीपज्योतिको चिट्ठा सार्वजनिक
अर्थ

दीपज्योतिको चिट्ठा सार्वजनिक

रत्ननगर । दीपज्योति मल्टी सप्लायर्स रत्ननगरले ग्राहकहरुका लागि आयोजना गरेको भाग्यशाली चिट्ठा सार्वजनिक गरेको छ । कालिका नगरपालिका वडा नं–६,...

Read more
माडीका पुल निर्माणमा निकुञ्ज बन्यो लचिलो

ठगीको आरोपले रोकियो मिस धादिङ घोषणा

माडीका पुल निर्माणमा निकुञ्ज बन्यो लचिलो

स्थानीय तहको तीन वर्ष : चितवनले गुमायो नौ जना जनप्रतिनिधि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

सजाय भुक्तान भएपछि पनि पक्राउ !

माडीका पुल निर्माणमा निकुञ्ज बन्यो लचिलो

माडीका पुल निर्माणमा निकुञ्ज बन्यो लचिलो

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In