नारायणगढ । नारायणी नदी किनारमा पुस १ गतेदेखि सुरू भएको स्व. सन्तोष श्रेष्ठ स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि भरतपुर फुटबल क्लबले जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा भरतपुरले एसओएस बालग्रामलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमका तर्फबाट एक–एक गोल भएपछि नतिजा टाइब्रेकरबाट निस्किएका थियो । नारायणी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको प्रथम पुरस्कार नगद ४० हजार र द्वितीय पुरस्कार २० हजार रूपैयाँ रहेको थियो ।
Discussion about this post