ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

हात्तीदौडको उपाधि बहादुरगजले उचाल्यो

by चितवन पोष्ट
२०७० पुष १६, मंगलवार ०६:३१ गते
in खेलकुद, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
सौराहा । चितवन हात्ती महोत्सव तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि बहादुरगजले जितेको छ । चितवन राष्ट्रिय निकुञ्जको बहादुरगजले सोमबार भएको फाइनलमा प्रतिस्पर्धी पाँचवटा हात्तीलाई पछि पार्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । बहादुरगजले निर्धारित ३०० मिटरको दूरी १ मिनेट ५ सेकेन्डमा पूरा गरी उपाधि कब्जा गरेको हो ।
बहादुरगजले २०६९ सालको प्रतियोगितामा पनि उपाधि जितेको थियो । पहिलो चरणका प्रत्येक खेलका प्रथम हुँदै फाइनलमा पुगेको बहादुरगज दौडमा निकै हौसिएको थियो । २० वर्षे बहादुरगजको कुशलताका कारण घरेलु टिम चितवन राष्ट्रिय निकुञ्जले उपाधि हात पारेको छ । एक महिला अघिदेखि प्रतियोगिताको तयारीमा लागेको थियो ।
‘मेरो हात्ती पहिलो हुन्छ भन्ने मलाइ पहिले नै विश्वास थियो’ बहादुरगजका माउते ठगा चौधरीले भन्नुभयो, ‘मेरो विश्वास बहादुरगजले पनि टुट्न दिएन’ । हात्ती दौडन माउतेको पनि हात हुने भन्दै उहाँले प्रतियोगिता जित्नु हात्तीको मात्र होइन मान्छेको पनि खुबी हो । प्रतियोगितामा हाइवे स्टारको एकताकली दोस्रो तथा फेवा टुर्स एण्ड ट्राभलको चम्पाकली तेस्रो भएको छ ।
चम्पाकली २०६८ सालको विजेता पनि हो । एकताकलीले १ मिनेट १९ सेकेन्ड र चम्पाकलीले १ मिनेट २० सेकेन्ड निर्धारित दूरी पूरा गरेका थिए । फाइनलमा १ विदेशीसहित ६ वटा हात्तीबीच फाइनल प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भने २० वटा हात्ती सहभागी थिए । त्यस्तै, हात्ती महोत्सव अन्र्तगत आयोजित हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिताको उपाधि लायन्स क्लब इन्टरनेशनलले जितेको छ ।
फाइनल खेलमा लायन्सले गत वर्षको विजेता किष्ट बैंकलाई २–१ गोल अन्तरले हराएको हो । लायन्स गत वर्ष किष्ट बैंकसँग पराजित भएको थियो । लायन्सको जितमा दुवै गोल लक्ष्मणगजले गरेको थियो । लक्ष्मणले खेलको दोस्रो मिनेटमा गोल गर्दै अग्रता दिलायो भने दोस्रो गोल १२ औं मिनेटमा गरेको थियोे ।
किष्टका लागि सान्त्वना गोल भने सिमसिमकलीले खेलको अतिरिक्त समयको ३६ सेकेन्डमा ग¥यो । महोत्सवमा टाँगा दौड, गाढा दौड, डुङ्गा दौड प्रतियोगिता भएको थियो भने साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा गत पुष ११ गतेदेखी सुरू भएको चितवन हात्ती महोत्सव सोमबार सकिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको प्रमुख आतिथ्य एवम संघका अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा महोत्सवका संयोजक ज्ञानेन्द्रकुमार विष्टले प्रतियोगिताको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रमतर्फ चर्चित हास्य कलाकारद्वय दीपकराज गरी, दीपाश्री निरौला तथा गायकहरु प्रमोद खरेल, मिलन लामा, नेत्रजी पन्तलगायतले गीत प्रस्तुत गरेका थिए ।

Related Posts

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In