कान्दाको कल्याणमा चिकित्सा विद्यार्थी

अन‌ि यो पनि

लोथर । संयुक्त राष्ट्रसंघीय युवा तथा विद्यार्थी संगठन नेपाल (युनिसान) अन्तर्गत चिकित्सा विद्यार्थी एकाइ चितवन मेडिकल कलेजले लोथर–९ कान्दामा निःशुल्क स्वास्थ्य शिविर तथा राहत सामग्री वितरण गरेको छ ।
गत शनिबारदेखि सोमबारसम्म चलेको तीनदिने कार्यक्रममा चितवनको लोथर गाविस वडा नम्बर ९ र कोराक गाविस वडा नम्बर ४ का अति विपन्न ८० परिवारलाई करिब तीन हजार थान लत्ताकपडा तथा नुन र तेल वितरण गरिएको चितवन मेडिकल कलेज युनिसानले जनाएको छ ।
उक्त अवसरमा कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालय कान्दामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ८५ जना बिरामीहरूको स्वास्थ्य परीक्षण तथा औषधोपचार गरिएको थियो । शिविरमा आएका बिरामीहरूमध्ये अधिकांशमा अत्यधिक जाडोका कारण उत्पन्न स्वासप्रश्वाससम्बन्धी समस्या देखिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा सहभागी चिकित्सा विद्यार्थीहरूले कान्दावासी चेपाङ समुदायको जीविकोपार्जन सुधारका लागि स्थानीय बचत समूहलाई आफ्नो तर्फबाट पाँच हजार रूपैयाँ नगद सहयोग पनि हस्तान्तरण गरेका थिए । कान्दा पुगेको स्वयंसेवक टोलीमा युनिसान चितवन मेडिकल कलेजका संयोजक सुवासचन्द्र गौतम लगायतका १३ जना चिकित्सा विद्यार्थीहरूको सहभागिता थियो । त्यसअघि युनिसान चिकित्सा विद्यार्थी एकाइका राष्ट्रिय संयोजक श्यामकृष्ण लौडारीको नेतृत्वमा सक्रिय चितवन मेडिकल कलेजका चिकित्सा विद्यार्थीहरूले भरतपुरमा वृत्तचित्र प्रदर्शन गरी कान्दाका लागि सहयोग जुटाएका थिए भने लत्ताकपडा संकलन गरी कान्दासम्म पु¥याएका थिए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया