भरतपुर । डिप्लोमा इञ्जिनियर्स एसोसिएसन चितवनको १३ आंै जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । संस्थाका चितवन अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि डिप्लोमा इञ्जिनियर्स एसोसिएसन नेपालका अध्यक्ष लक्ष्मणबहादुर रायमाझी रहेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथिमा केन्द्रीय उपाध्यक्ष अर्जुन खनाल, भनपाका प्रमुख नारायणप्रसाद सापकोटा तथा अन्य अतिथिमा संस्थाका पूर्वअध्यक्ष रामबाबु अर्याल, कृष्णबहादुर मल्ल ठकुरी, चितवनका सल्लाहकार सुरेश खनाल, जीवनाथ अधिकारी रहेका थिए ।
कार्यक्रममा चितवन उपाध्यक्ष विष्णुप्रसाद काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।
Discussion about this post