भरतपुर । चितवन र मकवानपुरका गुरूङ समुदायले सोमबार सामुहिक रुपमा तमु ल्होछार मनाएका छन् । तमु हृयू छोज धिँ (गुरुङ्ग राष्ट्रिय परिषद) मकवानपुर र चितवनको आयोजनामा ल्होछारका अवसरमा ¥याली तथा वनभोजसहित शुभकामना आदनप्रदान गरिएको थियो ।
हेटौँडाको लोकतान्त्रिक (सिमा)चोकबाट ¥याली निकाली राप्ती पुलहुँदै शहीद स्मारकमा पुगी वनभोज तथा शुभकामना आदन–प्रदान गरिएको थियो । चितवनका गुरूङ समुदायले ¥याली निकालेर नगर परिक्रमा गरेका थिए । तमु हृयु छाेंज धिं मकवानपुरका अध्यक्ष पुष्पबहादुर गुरूङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Discussion about this post