भरतपुर । दशनामी गुठी भरतपुरको प्रथम वार्षिकोत्सव समारोह सोमबार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहका संयोजक कविराज गिरीको सभापति¤वमा भएको कार्यक्रममा कृष्णकुमारी गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । समारोहमा भनपा–१२ का ७७ वर्षीय शम्भु गिरी, भनपा–९का ८८ वर्षीय रामबहादुर भारती, भनपा–१२ का ७८ वर्षीय गंगाराम गिरी तथा भनपा–१ की ७७ वर्षीया लक्ष्मी गिरीलाई ‘ज्येष्ठ नागरिक सम्मान’बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा गुठीका सचिव श्यामकुमार गिरी, गंगाराज गिरी र पशुपति भारतीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
Discussion about this post