चेपाङ बस्तीमा चम्कदैँ सोलार

अन‌ि यो पनि

दिपेन्द्र अधिकारी
सिद्धि । सिद्धि गाविस वाड नम्बर २ र ९ का पचास घरपरिवारलाई सोलार वितरण गरिएको छ । आर्थिक अभावले कष्टकर जीवन बिताउँदै आएका यहाँका विपन्न परिवारलाई आर्ट अफ लिभिङ नामक संस्थाले आइतबार सोलार निःशुल्क वितरण गरेको हो । सोलार पाउनेमा धेरैजसो चेपाङ घरपरिवार रहेका छन् ।
केही हुनेले मट्टितेलको सहारामा टुकी बाल्दै आएका थिए भने अति विपन्न समुदायले भने चुल्होमा बालेको आगोलाई नै उज्यालोको विकल्पको रुपमा लिन्थे । विशेषगरी सहर बजारमा बिजुलीको झलमल्ल उज्यालो देखेका यहाँका विपन्न परिवार अव आफ्नै घरछिमेकमा झिलीमिली हुने भएपछि उनीहरु निकै खुसी भएका छन् ।
संचार, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत लगायतका विकासका आधारभूत पूर्वाधारहरुबाट बञ्चित भएका यहाँका विपन्न समुदायका लागि आर्ट अफ लिभिङले सोलार दिएर गुन लगाएको छ । सोलार सेट लिन गाउँलेहरु करिब ५ घण्टाको बाटो धाएर सिद्धि गाविसको निबुवाटार आइपुगेका थिए ।
यस गाविसको केही वडाका केही भागमा बिजुली पुगेपनि अधिकांश क्षेत्रमा बिजुली पुगेको छैन । केही घरहरुमा सोलार पनि छ । सोलार हातपरेपछि सिद्धि ९ गुङरुङ खोलाकी दिलकुमारी प्रजाले भनिन्,‘अब त हामी पनि सोलारको उज्यालोमा बस्न पाउने भयौँ ।’ प्राविधिकले उनीहरुलाई सोलार कसरी जडान गर्ने भन्नेबारे प्रयोगात्मक जानकारी गराएका थिए ।
साथै उनले गाउँमा सोलार बत्ती जडानपछि बालबालिकाको पढाइमा पनि सुधार हुने विश्वास व्यक्त गरिन् । त्यस्तै सोलार सेटसँगै हरेक किसिमका मोबाइल चार्ज गर्न मिल्ने चार्जर समेत उनीहरुलाई उपलब्ध गराइएको संस्थाका सदस्य कपिल कर्माचार्यले जानकारी दिए ।
गाउँमा अति गरिब परिवारको छनौट गरी सोलार वितरण गरिएको आर्ट अफ लिभिङ चितवनका संयोजक जीवनप्रकाश सरावगीले वताए । ‘यो हाम्रो सेवा परियोजना अन्तर्गतको काम हो, संयोजक सरावगीले भने ।
आर्ट अफ लिभिङको सेवा, साधना र सत्संग परियोजना रहेको छ । जसमा समाज विकास, व्यक्ति विकासका कामहरु पर्दछन् । कार्यक्रमका प्रमुख अतिथिमा आर्ट अफ लिभिङका नेपाल संयोजक एवम् अन्तर्राष्ट्रिय प्रशिक्षक समीर जौली रहेका थिए ।
चितवनमा यस वर्ष ११० वटा जति सोलार विपन्न समुदायमा बाँड्ने योजना अनुसार आफूहरुले सोलार वितरण गरेको सरावगीले वताए । आज सोमबार दाहाखानीको सिमलढापमा पनि करिव ६० घरपरिवारलाई निःशुल्क सोलार वितरण कार्यक्रम रहेको उनले जानकारी दिए ।
गाउँका शिक्षक भीमबहादुर तामाङको सहयोगमा विपन्न परिवारको खोजी गरी सोलार वितरण गर्ने काम भएको हो । जम्मा दस एम्लीफाएर व्याट्रीमा पनि ४ वटा लिड चिम बाल्नका साथै मोवाइल चार्ज गर्न सकिने सोलार कम्पनी स्र्माट पावरका प्राविधिक भानु भण्डारीले बताए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया