सिद्धिमा मात्रै छैनन् गरिब

अन‌ि यो पनि

गत शनिबार लायन्स क्लव अफ चितवनले सिद्धिका एक सय बढी घरपरिवारलाई  कम्बल वितरण ग¥यो । हिजो आइतबार त्यही ठाउँमा पुगेर आर्ट अफ लिभिङले ५० घरपरिवारलाई सोलार वितरण ग¥यो । त्यस्तै केही हप्ता अघिमात्रै हंस बहुउद्देश्यीय सहकारी संस्था नारायाणगढले पनि यही ठाउँमा भण्डै २०० विद्यार्थीलाई स्वीटर र त्यतिकै संख्यामा अन्य लत्ता कपडा बाड्यो । डा. शारदा कुवँरले यसै ठाउँमा स्वास्थ्य शिविर राख्ने वचन दिएकी छन् ।
मानवीयताका हिसावले कसैलाई खुला हृदयले सहयोग गर्नु निकै प्रशसनीय काम हो । तर, सधै भरी सवै सहयोगी सिद्धिकै स्थानीयलाई मात्र सहयोग गर्न हतारिए भने केही कर्म गरेर संघर्षपूर्ण जीवन जिएका उनीहरुको लगनशीलता नै मर्ने त होइन, भन्ने सोच्नु जरूरी छ । उनीहरुलाई माछा मारेर दिनुभन्दा पनि माछा मार्ने तरिका सिकाउनु जरूरी छ । किनकी सिद्धि प्रशस्त सम्भावना भएको ठाउँ हो ।
अर्कोतर्फ सहयोगी हातहरु एकै ठाउँमा मात्रै केन्द्रीत हुँदा सिद्धिका जस्तै निकै कष्टपूर्ण जीवन जिउँदै आएका चितवनकै अन्य पहाडी गाविसका विपन्न परिवारले कहिले सहयोग वा राहत पाउलान् ।
चण्डिभञ्जयाङ, काउले, कविलास, दाहाखानी, लोथर, दारेचोक र शक्तिखोरमा पनि सिद्धिका भन्दा कम कष्टपूर्ण जीवन विताएका मानिस छैनन् । त्यसैले सहयोगी हातहरु पनि अव विकेन्द्रीकरण हुनु जरुरी छ । खासगरी प्रधानमन्त्री कालमा डा. बाबुराम भट्टराइ सिद्धि वस्न आएदेखि यस ठाउँमा सवैको ध्यान खिचिएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया