ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अर्का आरोपि पनि मुद्दा नचली छुटे

by चितवन पोष्ट
२०७० पुष १५, सोमबार ०२:४५ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । गोरखा फुजेलका कृष्ण अधिकारी हत्या आरोपमा गिरफ्तार अजिव भनिने परशुराम पौडेल पनि अदालतमा मुद्दा दायर नभइ आइतबार साँझ हिरासत मुक्त भएका छन् । सो प्रकरणमा यसअघि गिरफ्तार भएका रामप्रसाद अधिकारी पनि मुद्दा नै नचली छुटेका थिए ।
‘हामीले अनुसन्धान पूरा गरेर जिल्ला न्यायाधीवक्ताकोमा फाइल पठाएका थियौं । जुन अनुशन्धानका आधारमा मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै न्यायाधीवक्ताको निर्देशनमा छाडेका हौं’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सञ्जय राउतले भने । उनी हाजिरी जवानीमा छुटेको र खोजेको बखतमा उपश्थित हुने सर्त राखेको राउतले जानकारी दिए ।
पौडेल मंसिर २१ मा गिरफ्तार भएका थिए । अधिकारी भदौ २१ मा गिरफ्तार भएका थिए ।
दुवै २५ दिनसम्म प्रहरी हिरासतमा बसेका छन् । अनुशन्धानका लागि प्रहरीले बढीमा २५ दिनसम्म हिरासतमा राख्न पाउँछ ।
हजुर बुबाआमा भेट्न गोरखाबाट चितवन आएका कृष्णको शसस्त्र युद्धका बेला ११ वर्षअघि माओवादीले हत्या गरेको थियो । सो हत्या विरुद्ध तत्कालै प्रहरीमा उजुरी दिए पनि कारवाही प्रकृया सुरु भएको थिएन । कृष्णका बुबा नन्दप्रसाद र आमा गंगामायाले काठमाडौंमा अनशन सुरू गरेपछि गएको भदौं २१ मा ११ आरोपितमध्येका एकजना रामप्रसाद अधिकारी समातिएका थिए ।
खुलम खुला हिड्दै आएका पौडेल एका एक समातिएका थिए ।     रामप्रसाद अधिकारी जस्तै मुद्दा नचली पौडेल पनि रिहा हुने सम्भावना सुरुमै आँकलन गरिएको थियो । त्यस्तो अवस्था दोहरीने सम्भावना बढेपछि अधिकारकर्मीहरु सक्रिय बनेका थिए ।
हत्या विषयमा चितवन प्रहरीले गरेको अनुशन्धान प्रकृयाको अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली शुक्रबार चितवन आएको थियो । तर पुर्व अनुमान अनुरुप नै अजिव आइतबार साँझ सात बजे हिरासत मुक्त भए ।
२०६२ सालको मंसिर २६ मा नुरप्रसाद अधिकारीले आफ्नो भाइको हत्यामा संलग्न हुनेहरु ११ जनाको नाम नै किटान गरेर चितवन प्रहरीमा उजुरी दिए । सो मुद्दामा किटानी जाहेरी परे पनि हालसम्म नसमातिएका व्यक्तिहरुमा रामप्रसाद अधिकारी नै नाम गरेका गोरखाका एकजना पनि छन् ।
त्यस्तै गोरखाका छविलाल पौडेल, मेघनाथ पौडेल, विष्णु तिवारी, सुभद्रा अधिकारी, सिता अधिकारी, कालिप्रसाद अधिकारी, हिमलाल अधिकारी, भिमसेन पौडेल पनि प्रहरीको भनाइमा फरार रहेका छन् ।

Related Posts

केपी ओलीको हार कर्णालीबाट सुरु भइसक्यो : प्रचण्ड

केपी ओलीको हार कर्णालीबाट सुरु भइसक्यो : प्रचण्ड

Chitwan Post

नेकपा माधव नेपाल समूहको खैरहनी, राप्ती र माडीमा नगर कमिटी गठन

सुकुमबासी समस्याबारे तारे होटलमा अन्तक्र्रिया

सुकुमबासी समस्याबारे तारे होटलमा अन्तक्र्रिया

Discussion about this post

अन‌ि यो पनि

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन
विचार

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ...

Read more
Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In