रत्ननगर । शहीद स्मृति बहुमुखी क्याम्पसमा बीएड तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको ‘आयास’ नामक स्मारिकाको आइतबार विमोचन गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र क्याम्पस प्रमुख कृष्ण सुवेदीले संयुक्त रूपमा स्मारिका विमोचन गर्नुभएको हो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख कृष्ण सुवेदी, प्राध्यापक तथा साहित्यकार धनराज गिरी, साहित्यकार पुष्प अधिकारी ‘अञ्जली’, स्मारिक विमोचन समितिका सहसचिव राजिव पौडेल क्षेत्री, विद्यार्थीहरु होममाया सापकोटा, सीता तिवारी, सञ्जय दुवाडी, विद्या घिमिरेलगायतले बोल्नु भएको थियो । कार्यक्रम स्मारिका प्रकाशन समितिका संयोजक किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post