जन्मदिनमा वृद्धवृद्धालाई खाना

अन‌ि यो पनि

भरतपुर । युवा व्यवसायी तथा समाजसेवी राजन कार्र्कीले आफ्नो जन्मदिनको अवसरमा आइतबार सयभन्दा बढी बालिका तथा वृद्धावृद्धालाई खाना खुवाउनु भएको छ ।
समाजसेवी कार्कीले राम–जानकी बालिका आश्रम रहेका बालिका तथा रोटरी करूणालय वृद्धाश्रममा आश्रित रहेका ९० जना वृद्धावृद्धालाई भोजन गराउनु भएको छ । जन्मदिनमा वृद्धावृद्धा तथा बालिकाहरुलाई खाना खुवाउन पाउनु आफ्नो सौभाग्य भएको समाजसेवी कार्कीले बताउनुभयो । उहाँले हरेक वर्ष आफ्नो जन्मदिनको अवसरमा समाजिक कार्य गर्दै आउनुभएको छ ।
जन्मदिनको अवसरमा हजारौं पैसा खर्च गरेर मनोरञ्जन गर्नुको साटो बालिका तथा वृद्धावृद्धको सेवा गर्न पाउँदा निकै नै खुसी लागेको उहाँले बताउनुभयो । उहाँले वृद्धाश्रममा आश्रित रहनुभएका वृद्धावृद्धाहरुलाई लत्ता कपडासमेत वितरण गर्नुभएको छ ।
कार्यक्रममा राम–जानकी बालिका आश्रमका संयोजक सावित्री टन्डनले बालिकाहरुलाई खान खुवाएर सामाजिक उत्तरदायित्वबोध गरेको भन्दै समाजसेवी कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
समाजसेवा गर्नका लागि धनमात्र नभएर मन पनि चाहिने भएकाले कार्कीको सामाजिक कार्यप्रतिको उदारताको प्रशंसा गर्नुभयो । त्यस्तै, कार्यक्रममा  रोटरी करूणालय वृद्धाश्रमका भान्छा प्रमुख अर्जुनकुमार सापकोटाले खानाको अभाव रहेको समयमा गरेको कार्यले अन्यलाई पनि सामाजिक कार्यप्रति जागरूक गराउने बताउनुभयो ।
युवा व्यवसायी तथा समाजसेवी कार्कीले पटक–पटक विविध अवसरमा बालबालिका तथा वृद्धावृद्धाहरुलाई खाना खुवाउने तथा लत्ता कपडालगायतका क्रियाकलापहरु संचालन गर्दै आउनुभएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया