भरतपुर । अनेरास्ववियु वीरेन्द्र क्याम्पस कमिटीले गरेको लिंक यूएसए बीएमसी सिङगिङ स्टार धिरज भण्डारी बनेका छन् ।
गायन प्रतिभाको खोजीमा अनेरास्ववियुको प्रयास नाम दिइएको गायन प्रतियोगितामा सहभागी १२ जनालाई पछाडि पार्दै भण्डारी सिङगिङ स्टार बनेका हुन् । सिङगिङ स्टार बन्न सफल भण्डारीले गायक तीलक बम मल्लसँगको सहकार्यमा २ वटा गीत रेर्कडिगको अवसर पाउने छन् । सो प्रतियोगिताको निर्णायकहरुमा गायक तिलकबम मल्ल, चन्द्र घले र किसान मगर रहेका छन् ।
क्याम्पस कमिटीका अध्यक्ष बिमल केसीको अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिथि नेकपा एमाले विद्यार्थी विभागका इन्र्चाज रामप्रसाद न्यौपाने रहनु भएको थियो । कार्यक्रममा अनेरास्ववियू जिल्ला उपाध्यक्ष देवप्रसाद पाठक, स्ववियु सभापति निरज भट्ट, केन्द्रीय सदस्य सुदीप रेग्मी, सचिवालय सदस्य निशा अधिकारीलगायतले बोल्नु भएको थियो । कार्यक्रममा आगामी वर्षदेखि इन्टर कलेज प्रतियोगिताका रुपमा अघि बढाउने अनेरास्ववियु इकाई अध्यक्ष बिमल केसीले जानकारी दिनुभएको छ ।
Discussion about this post