चनौली । नेष्डो नेपालको ४५ दिवसीय लघुवित्त अभियानको अठारौँ दिन चनौली शाखामा आयोजित एकदिने १३ औं लघुवित्त दिवस तथा वार्षिक कार्यक्रम समीक्षा गोष्ठी भएको छ ।
कार्यक्रममा चितवन जिल्लाको १० गाविसमा गठित ८६ महिला स्वावलम्वन केन्द्र तथा स्थानीय सरोकारवाला निकायका प्रतिनिधी गरी २०३ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसार्इंले लघुवित्त संस्थाको चितवनमा सघन उपस्थिति भएयता पनि संस्थाको सेवा सुविधामा नेष्डो संस्था उत्कृष्ट रहेको बताउँदै उहाँले विपन्न परिवार तथा महिलाको हरेक समस्यामा नेष्डो नेपालको सहयोगले टेवा पुगेको बताउनु भयो । नेपालमा गरिबी रहेसम्म गरिवीविरूद्धको अभियान जारी रहने उद्घोष गरेको यस संस्थाले १६ प्रतिशत व्याजदरका विभिन्न कर्जा सुविधा ल्याएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस गुन्जनगरका सभापती शालिकराम पौडेल, नेकपा एमाले क्षेत्रीय सदस्य नारायणप्रसाद सुवेदी र मिलन क्लबका दिव्यनगरका अध्यक्ष ज्ञानप्रसाद खनालले नेष्डो नेपालले पश्चिम चितवनका १० गाविसका विपन्न तथा महिलाहरुलाई समूहमा आवद्ध गरी बचत तथा कर्जाका अलवा सुत्केरी सुविधा, क्रिया खर्च, छात्रवृत्तिजस्ता सुविधाहरुले गर्दा अरु वित्तीय संस्थाभन्दा भिन्न र उदारहणीय रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका लघुवित्त विभाग प्रमुख विश्ववन्धु प्रसाई, आन्तरिक लेखा परीक्षण प्रमुख बद्रिप्रसाद मिश्र, फण्डडेस्क अफिसर इन्द्र केसी, जुनियर अफिसर ईश्वरी शर्मा, ओम्ना क्षेत्री, केन्द्र प्रबन्धक गोमादेवी नेपाल, रञ्जन गुरुङ, ईश्वरी पन्तलगायतले कार्यक्रममा विभिन्न सेवा सुविधाका बारेमा सहजीकरण गर्नुभएको थियो ।
संस्थाको चनौली शाखाले १ हजार ४ सय ७४ विपन्न परिवारलाई संस्थामा आवद्ध गरी कुल ९ करोड ३ लाख ६० हजार रुपैँया विनाधितो कर्जा लगानी गरेको छ भने सदस्यहरुवाट ९८ लाख ९५ हजार ९ सय ५७ रुपैँया निक्षेप संकलन गरेको संस्थाका सुचना व्यवस्थापन विभाग प्रमुख युधिष्टिर भुषालले जानकारी दिनुभयो ।
Discussion about this post