परासी । विश्व बैंकको सहयोगमा सञ्चालित ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजनाअन्तर्गत नवलपरासी जिल्लामा यस वर्ष २७ किमि सडकको स्तरोन्नति गरी ओटासिल गरिएको छ ।
जिल्ला विकास समितिमार्फत सञ्चालन भइरहेको सो परियोजनाले ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति गरी ओटासिल गरेको हो । करिब रु १५ करोडको लागतमा ती सडकको स्तरोन्नति गरी ओटासिल गरिएको जिल्ला विकास समितिका इन्जिनियर उमेश शर्माले जानकारी दिनुभयो ।
जसअनुसार महेशपुर–त्रिवेणी सडकमा १२ किमि, झ्यालबास– डन्डा सडकमा आठ किमि र चोरमारा–कोल्हुवा सडकमा सात किमि ओटासिल गरिएको छ भने दलदले–धौवादी सडक स्तरोन्नति मात्र गरिएको जिल्ला विकास समितिले जनाएको छ ।
Discussion about this post