ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बालबालिकाहरुप्रति पहिलो पुस्ताको व्यवहार

by चितवन पोष्ट
२०७० पुष १४, आईतवार ०४:५७ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

डा. धनपति कोइराला
काठमाडौँस्थित केही छात्रावासहरुमा छापा मार्दा विद्यार्थीहरुमा कुलतको मात्रा ह्वात्तै बढेको पाइयो । यस्तो स्थिति मोफसलमा रहेका छात्रावासहरुमा पनि रहेको पाइने विज्ञहरुको ठम्याइ छ । कतिपय छात्रावासहरुमा छापा मार्दा यस्तो डरलाग्दो स्थिति देखा परेको थियो । खासगरी त्यहाँ चुरोट, गुट्खा, सुर्ती आदि नशालु पदार्थ सेवन गर्ने गरेको प्रमाण फेला प¥यो ।
मानव स्वास्थ्यलाई प्रत्यक्ष रुपमा असर पु¥याउने अखाद्य वस्तु सेवन गर्नेहरुमा अब किशोरहरु मात्र रहेनन्, यसमा अहिले किशोरीहरु पनि थपिए । निकै ठूलो सङ्ख्यामा किशोर–किशोरीहरुमा यस्तो कुलत बसेको विभिन्न तथ्याङ्कले देखाएको छ । हुन त, छात्रावासमा बसी अध्ययन गरिरहेका किशोरकिशोरीहरु मात्र नभई कतिपय परिवारकै प्रत्यक्ष रेखदेख र निर्देशनमा रहेकाहरुले पनि यस्तो अखाद्य पदार्थ सेवन गर्ने गरेको पाइन्छ । आजका हाम्रा सन्तति भोलिका भविष्य भएकाले चाहे छात्रावासमा रहने हुन्, चाहे घरैबाट अध्ययन गर्न जाने हुन्, चाहे विद्यालय नै नजाने, पठित वा अपठित जुन कुनै प्रकृतिका बालक भए पनि सर्वप्रथम उनीहरु स्वस्थ रहनु अपरिहार्य छ । स्वस्थताबिना केही कर्म र प्राप्तिको परिकल्पना पनि गर्न नै नसकिने भएकाले पनि आज यस्तो अखाद्य पदार्थको सेवन निकै चिन्ताको विषय बनेको छ ।
विश्व स्वास्थ्य संगठनले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनकै कारण नेपालमा क्यान्सर रोग भयावह बन्ने चेतावनी दिएको छ । यस परिप्रेक्ष्यमा भोलिको भविष्यलाई जोगाइराख्नु आजका पुस्ताको परम कर्तव्य बन्न गएको छ । यस्ता समस्याहरु समाधान गर्नुभन्दा पहिले समस्या कहाँबाट, कसरी पैदा भयो भनी खोज्नु र त्यसको जड पहिल्याउनु आवश्यक हुन्छ । खासगरी बालबालिकाहरुमा अखाद्य पदार्थहरुको सेवन गर्ने वातावरण निम्न स्थितिका कारण पैदा हुने गरेको देखिन्छ ः
क) घरपरिवारको मायालु वातावरणबाट वञ्चित रहनु—
बालबालिकाहरु आप्mना मातापिता, हजुरबा–हजुरआमा, काकाकाकी, दाजुदिदीहरुबाट माया चाहन्छन् । परिवारको स्नेहपूर्ण वातावरण नपाउँदा उनीहरुमा चरम हीनताबोध पैदा हुन्छ । केही साथीभाइले घरपरिवारहरुबाट न्यानो माया पाइरहेको र आपूmहरुले भने नपाइरहेको स्थितिको तुलना गर्छन् र आपूm छात्रावासमा बस्नु परेकोमा परिवारबाट हेला भइरहेको अनुभूति गर्दछन् । यो अनुभूति पहिले हेला र पछि क्रमशः आक्रोश हुँदै चरम घृणा र अन्ततः जीवनप्रति नै नैराश्यबोधमा परिणत हुन्छ र बालक त्यो रिक्ततालाई पूर्ति गर्न कुलतको सहारा लिन पुग्दछ ।
ख) अभिभावकको निगरानीमा कमी —
बालबालिका घरपरिवारबाट जत्ति माया चाहिरहेका हुन्छन् र पाइरहेका पनि हुन्छन्, त्यत्ति नै अभिभावकहरुबाट गलत कार्य गर्न नहुने र गरेमा यस्तो वात्सल्यपूर्ण मायाममता नपाइने र दण्डित पनि भइने एक किसिमको भय उनीहरुमा हुन्छ । फलस्वरुप, उनीहरु गलत कार्य गर्न उद्यत हुुँदैनन् र उक्साहटमा पनि लाग्दैनन् र लाग्न आँटेमा पनि सयौँ पटक सोच्दछन् । यस्तो विकृत राजस र तामस गुण पैदा हुन नदिनमा पारिवारिक स्नेह र जिम्मेवारपूर्ण अभिभावकत्वले मह¤वपूर्ण भूमिका खेलिरहेको हुन्छ । बालबालिका जब अभिभावकहरुको प्रत्यक्ष मायाममताको अनुभूति गर्न पाउँदैनन् एवम् उनीहरुको प्रत्यक्ष निगरानीबाट पनि टाढिन्छन्, उनीहरुमा त्यो ममता नपाइने भन्ने डर र दकस स्वतः हराउँछ र उनीहरु गुरूहरुको आँखा छल्न पाए मात्रै पनि सजिलै यस्ता कुलतमा फस्न पुग्छन् ।
ग) सङ्गत–
अगतिला साथीहरुको सङ्गतमा परेमा कतिपय प्रतिभाशाली बालबालिकाहरु पनि दिन प्रतिदिन कान्तिक्षय भएका चन्द्रमाझैँ ध्वस्त भएका पाइन्छन् । कतिपय बालबालिकाहरु पढाइ छोडेर बसेका वा असफलता हात परेर घरैमा बरालिएर बसेका छरछिमेकी साथीहरुको लहैलहैमा लागेर बिग्रिएपछि उसलाई सुधार्नैका लागि अभिभावकले छात्रावासमा ल्याएर छाड्ने गरेको पनि पाइन्छ । त्यस्ता बालबालिकाले छात्रावासमा आएपछि पनि आपूmलाई सुधार्न सक्दैनन्, बरू उल्टै एउटा–दुईटा सडेको आलुले पूरै बोरालाई बिगारेझैँ सीधा र सज्जन मेधावी छात्रछात्राहरुलाई पनि बिस्तारै कुलतको दलदलमा फसाएर छाड्दछन् । प्रायः लामो यात्रामा निस्कँदा अक्सर भर्खरै किशोर वयमा टेकेका बालकहरुले अभिभावकबिना आपूm एक्लै यात्रा गरिरहँदा निर्धक्क भई चुरोटको बुङबुङ धूवाँ उडाइरहेका हुन्छन् । यस्तो हुनमा साथीसँगीहरुकै प्रभाव मुख्य कारण बनेको देखा पर्दछ ।
घ) अभिभावकहरुकै सिको—
घरमा आप्mना पिता, बडाबा, काका, ठूलाबा, सानाबा, मामाहरुले चुरोट वा अन्य कुनै प्रकृतिको नशालु पदार्थ सेवन गरेको देखेपछि उसमा पनि चाख्ने रहर पैदा हुन्छ र पहिले राखेको ठाउँबाट झिकेर र पछि किनेर नै खान थाल्दछ । कसैकसैले त किनेर ल्याउन लगाउने र कसैले त सल्काएर पनि ल्याउन लगाउने गरेकाले उनीहरुको आज्ञा पालन गर्दागर्दै उनीहरुमा यो कुलतरुपी डढेलो ह्वारह्वारी बल्न थाल्दछ । अझ बुबाहरुले अरुसँग आपूmहरुले बाल्यकालबाटै यस्ता नशालु पदार्थ सेवन गर्न थालेको कुरा गरेको सुनेपछि उनीहरुमा पनि यो त खाने चीज रहेछ । यो खाएपछि ठूलो मान्छे भइने रहेछ भन्ने प्रबल धारणा बन्न जाने
हुनाले पनि यस्तो स्थिति सिर्जना हुने गरेको छ ।
ङ ) गुरूजनहरुको सिको—
कतिपय गुरूहरुमा यस्ता धूमपान, सुर्ती, गुट्खा तथा मदिरा सेवनको कुलत बसेको पाइन्छ । यस्ता पदार्थहरुको सेवन उनीहरुका सामु गर्ने, सार्वजनिक स्थलहरुमा गर्ने, आपूर्ति गर्न विद्यार्थीहरुलाई नै लिन पठाउने, खैनी मोल्न, चुरोट सल्काएर ल्याउन लगाउने गर्दा उनीहरु यस्ता पदार्थहरुमा अभ्यस्त बन्न पुगेका थुप्रै दृष्टान्तहरु पाउन सकिन्छ । विद्यार्थीले जहिले पनि पिता, गुरू, नेता, लेखक, सम्मानित बुज्रुकहरुको अनुकरण गर्ने र आफू पनि ठूलो र सभ्य मान्छे बन्ने धोको बोकेको हुन्छ, जब बालबालिकाले यस्तो आदर्शवान् व्यक्तिको जीवन–पद्धति देख्छ, तब उसमा यस्ता कार्य गर्नु जायज र आवश्यक पनि रहेछ भन्ने बुझाइ हुन्छ र नजानिँदो पारामा ऊ कुलतको दलदलमा भासिन थाल्दछ ।
च) चलचित्र वा सिरियलहरुको प्रभाव —
बालबालिकाहरु चलचित्र एवम् सिरियलहरु हेर्नमा खुब रूचि लिन्छन् । प्रायः उनीहरु त्यसमा सज्जनको भन्दा दुर्जनकै छिटो सिको गर्दछन् । नायकको नभई खलनायकले खाए लाएका र गर्ने गरेका खराब आचरणहरुकै सजिलै नक्कल गर्ने हुँदा उनीहरुमा खलनायकीय आचरणकै प्रभाव उनीहरुको व्यावहारिक जीवनमा देखा पर्ने गरेको छ । खलनायकले गर्ने गरेकै चाहे धूमपान होस्, चाहे मद्यपान होस्, चाहे सुर्ती, गुट्का वा अझ नशालु पदार्थ सेवनकै सिको गर्ने हुुुँदा यसको प्रभाव उसको वास्तविक जीवनमा पनि देखा पर्दछ ।
छ) अयथार्थ तथा अनुचित विज्ञापन —
वर्तमान युग वस्तुको उत्पादन र वितरण पद्धति विज्ञापनमा नै आधारित रहेको छ । आज प्लेनदेखि जिरा–धनियाहरुको पनि विज्ञापन हुने गरेको छ । यसबाट अवगत हुन्छ, विज्ञापन औधी प्रभावी बन्दैछ । हरेकले आपूmलाई आवश्यक भएको वस्तु विज्ञापनकै भरमा किन्ने गरेको पाइन्छ । यसै सन्दर्भमा मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने धूमपान र मद्यपानहरुको पनि विज्ञापन प्रसारण हुने गरेको
छ । यस्ता मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वस्तुको विज्ञापन हेर्दा र सुन्दा मानौँ यसबाट दूध–महहरुबाट झैँ फाइदैफाइदा मात्र पुग्छ भनेजस्तै गरी प्रस्तुत गरिएका छन् । जस्तैः बिजुली, खुकुरी, शिखर, सूर्याजस्ता चुरोटका ब्रान्डहरुको विज्ञापनहरु । यस्ता अयथार्थ तथा अनुचित विज्ञापनको प्रभाव सोझै बालबालिकामा पर्न गई सेवन गर्न नचाहनेले पनि सुरू गरेको सुन्नमा आएको छ ।
ज) मनस्तापी दुश्चिन्ता वा चोट—
जब मान्छे गहिरो मनस्तापी दुश्चिन्ता वा चोटमा पर्छ, त्यसबेलामा मान्छेले नशालु पदार्थ सेवन गरेर भुल्ने वा आफूलाई नै बिस्तारै–बिस्तारै मृत्युतर्फ धकेल्ने चेष्टा आरम्भ गर्दछ । प्रायः किशोरकिशोरीहरुमा प्रेममा धोका खाँदा वा भनेजस्तो नहुँदा पनि यस्ता प्रवृत्ति देखा पर्ने गर्दछन् ।
माथि उल्लिखित समस्याहरुमध्ये कुन कारक त¤वका कारण पैदा भएको हो, सो कुरा पहिचान भएपछि उनीहरुलाई अवस्था हेरी डाँट–फट्कार, यातना वा दण्डविधानबाट नभई मनोवैज्ञानिक पद्धतिअनुरुप समाधान गर्नु ज्यादा उपयोगी र सहज हुन सक्तछ । मूलतः समस्याको मात्रा, गम्भीरता र प्रकृति हेरी निम्न उपायहरुबाट उत्पन्न समस्याहरुको सहज समाधान गर्न सकिन्छ–
क) सर्वप्रथम बालबालिकामा छात्रावासप्रति सकारात्मक सोचको विकास गर्नुपर्ने ः
छात्रावासमा रहनु भनेको कठोर कारावासमा बस्नु नभई शैक्षिक अनुष्ठानमा रहनु आवश्यक भएकाले राखिएको भन्ने कुरा बुझाउनु आवश्यक छ । यो पङ्क्तिकारका एक जना मित्रले काठमाडौँको एक उत्कृष्ट कहलिएको होस्टेलमा बसेर पढिरहेकी छोरीले आपूmलाई धेरै भएकाले टाढा ल्याएर राखेको, माया नै नदिएको र हेला गरेको भनी सधैँ आरोप लगाइरहन्छे भन्ने गुनासो गर्नुभयो । यसबाट स्पष्ट हुन्छ, बालबालिका मातापितासँगै बसेर अध्ययन गर्न चाहन्छन् । उनीहरु माया–स्नेह, मातृ तथा पितृवात्सल्य चाहन्छन् र प्रत्यक्ष निर्देशन चाहन्छन् । टाढा राख्दैमा उनीहरुको भविष्य सुन्दर बन्ने होइन । उनीहरुले पारिवारिक जीवन–पद्धति तज्जन्य वातावरण र सामाजिकीकरण पनि सिक्नु आवश्यक छ । पढेर चिकित्सक, पाइलट, इन्जिनियर वा अन्य कुनै प्रकृतिको जागिरे नै भए पनि उनीहरुको जीवनमा एक प्रकारको रिक्तता र शून्यता जीवनपर्यन्त रहन्छ । उनीहरुमा डिप्रेसनको समस्या पैदा हुन सक्नुका साथै अभिभावकहरुलाई नै घृणा गर्ने मनोग्रन्थि पैदा हुन पनि सक्तछ । यसर्थ, छात्रावासमा छोराछोरी छोडेर पढ्दैछन् भनी अभिभावकत्व पूरा हुन सक्दैन । ती एकपाखे र असामाजिक बन्न सक्ने खतराबाट जोगाउन अभिभावकको प्रेमपूर्ण बाक्लो उपस्थिति, स्नेहपूर्ण सल्लाह तथा निर्देशन आवश्यक हुन सक्तछ ।
ख) अभिभावकको निगरानी अपरिहार्य—
अभिभावक व्यस्त रहनु परेकाले होस् वा स्वदेशमा नभई विदेशमा बस्नु परेकाले होस् वा ज्यादा बद्मासी गरेकाले तह लगाउन भनेर वा जुनकुनै कारणले छात्रावासमा राखिएको भए पनि उसलाई हौसला दिन, उसका गतिविधि र प्राप्ति–अप्राप्तिबारे जानकारी लिएर आवश्यक सुझाव र सहयोग गर्न अभिभावक सदा तत्पर रहनुपर्दछ । चाहे बच्चा घरमा होस्, चाहे छात्रावासमा होस या जहाँकहीँ राखिएको होस्, अभिभावकको आदर्शपूर्ण परामर्श र निगरानी अपेक्षित रहने गर्दछ । यसमा अभिभावकले कुनै पनि बहानामा उसलाई नजरबाट दूर हुन दिनु घातकसिद्ध हुन सक्तछ ।
ग) असल सङ्गत गर्न प्रोत्साहन—
सङ्गतले गर्दा पूmलमा बस्ने पुतली प्रिय हुन्छ । गोबर र दिसामा बस्ने झिँगा हुँदैन भन्ने तथ्यबारे बच्चालाई गुरूजन र अभिभावक सबैले बडा प्रेमले विभिन्न दृष्टान्त (खराब व्यक्तिको सङ्गतले रत्नकार डाँकु बन्न पुगेको र पछि उही व्यक्ति नारद ऋषिको सङ्गतले वाल्मीकि बनेको आदि) हरु प्रस्तुत गरी राम्ररी अथ्र्याउनु आवश्यक हुन्छ । यसबाट उनीहरुमा सदा असल व्यक्तिको मात्रै सङ्गत गर्ने भित्रैबाट भावना पलाएर आउँछ र ऊ गलत काम गर्न उद्यत हुँदैन ।
घ) अभिभावकहरुको आचरणमा सुधार —
अभिभावकमा मद्यपान, धूमपान, सुर्ती सेवन आदि जस्ता गलत आचरण हुनु निन्दनीय छ, तापनि कसैमा यसको लतै छ र छुट्न सकेन भने पनि स–साना बालबालिकाहरुका अघि सेवन गर्दै नगरौँ, गर्दा उनीहरुबाट लुकेर, छिपेर वा अलिक परै गएर गरौँ । यसबाट परिवारजनको स्वास्थ्य पनि खराब हुन्न भने बालबालिकामा पनि खराब प्रवृत्ति पैदा हुँदैन ।
ङ) गुरूजनहरुमा आदर्शपूर्ण व्यवहार अपरिहार्य —
गुरू आदर्शका धरोहर हुन् । उनी आदर्शवान् बन्न सक्तैनन् भने यो पेसाप्रति आबद्ध नहुँदै उत्तम । भएपछि आदर्शको पालना गर्नैपर्छ । कम्तीमा अरुले देख्ने र सुन्ने गरी गलत कार्य गर्नु हुँदैहुँदैन । यसको प्रभाव तमाम अबोध बालबालिकाहरुमा पर्न जान्छ । यसर्थ, गुरूजन नैतिकवान्, उद्यमी, मिष्टभाषी, सहयोगी, कर्तव्य परायण र सदाचारशील बन्नैपर्छ । उनीहरुलाई हेरेर नै बालबालिकाहरुले आप्mनो भविष्यको मार्गचित्र कोर्ने भएकाले अखाद्य पदार्थ खाने, आप्mनो र परायामा भेदभाव गर्नेजस्ता प्रवृत्ति देखाउनु समग्र असल गुरूजन र पेसाप्रति नै बेइमान गर्नु भएकाले शिक्षकले गुरूत्वको धर्म थाम्नैपर्छ ।
च) सकारात्मक सन्देश बोकेका चलचित्र वा सिरियलहरु हेर्न प्रोत्साहित गर्नुपर्ने —
बालबालिकाहरुलाई चलचित्रहरु हेर्नै नदिने चाहिँ होइन, दिँदा राम्रा सन्देश दिने, स्वस्थ मनोरञ्जन प्रदान गर्ने, आध्यात्मिक सन्देश प्रवाह गर्ने, मानवता र नैतिकताको शिक्षा प्रदान गर्ने खालका सामग्री मात्र हेर्न प्रोत्साहित गर्नुपर्छ । बच्चासँगै बसेर चपली हाइट, कामसूत्र, डर्टी पिक्चर आदि र चोरीचकारी गर्न सिकाउने खालको चलचित्र तथा सिरियल हेर्न दिनुहुन्न । यसबाट उसमा सदा सकारात्मक सोच र रचनात्मक कार्य गर्ने विचार र भावना पैदा हुनमा मद्दत पु¥याउने गर्दछ ।
छ) विज्ञापन हेर्न निरूत्साहित गर्ने–
सर्वप्रथम अभिभावकले नै विज्ञापनको भरमा होइन उसको ट्रेडमार्क, वस्तुको गुणस्तर र तिथिमिति हेरेर किन्ने बानी बसाल्नुपर्छ र यस्ता अनावश्यक विज्ञापनको भद्र बहिष्कार गर्नु जरूरी छ । बच्चालाई पनि उसले गरेको विज्ञापन र वस्तुको गुणस्तरबारे प्रमाणद्वारा नै मोहभंग गरिदिनु आवश्यक छ ।
ज) दुश्चिन्तामा परेकालाई माया, स्नेह र सहानुभूतिपूर्ण व्यवहार गर्ने–
बच्चालाई एक त उमेरसँगै उत्पन्न शारीरिक परिवर्तन र मनोवैज्ञानिक भ्रमहरुले समस्यामा जेलिरहेको हुन्छ भने अर्कातिर घरपरिवारबाट पैदा गरिने असहिष्णु व्यवहार, हेला, तिरस्कार, विभिन्न खाले विभेद तथा परिवारमा दैनिक रुपमा हुने गरेका अशान्तिपूर्ण कलहले पनि डिप्रेसन पैदा गर्दछ । आमाबुबाको झगडा, दाजुभाइ र दिदीबहिनीहरुबीचको झगडा, साथीभाइहरुको बीचको झगडा, गुरूजन र विद्याथीहरुका बीचको तनावपूर्ण व्यवहार, आर्थिक अभाव, समय अभाव आदि थुपै्र कारणहरु हुन सक्तछन् । यस्तै, प्रेम र धोका पनि हुन सक्तछ र यौनजन्य हिंसा पनि । बालबालिकाको मानसिक चिन्ता र पीडा अनि तज्जन्य व्यवहार हेरेर तिनको उचित समाधान निकाल्न गुरूजन तथा अभिभावक संवेदनशील बन्नु जरूरी छ ।
समस्या हुन्छन्, तर तिनको गहिराइ बुझेर तिनको अवस्था र प्रवृत्तिअनुरुप हार्दिकता, सहानुभूति, सल्लाह र सहयोग प्रदान गरी समयमै समाधान गर्नुपर्दछ । समयमै समाधान गर्न सकेमा समस्याले न त विकराल रुप नै लिन्छ, न त सम्हालिन नै गाह्रो हुन्छ । समस्याको मनोवैज्ञानिक समाधान खोजेमा नै निकास निस्कन सक्ने भएकाले बालबालिकाहरुलाई स्नेह–माया र हार्दिकतापूर्ण व्यवहार गरी खराब पात्र बन्नबाट जोगाऔँ । यो देशको सुदूरभविष्यलाई गन्तव्यहीन एवम् अस्वस्थ बन्नबाट जोगाउनु पहिलो पुस्ताको दायित्व हो ।

Related Posts

राजनीतिका कुरा र हामी

समस्या र स्वार्थ आआफ्नै

राजनीतिका कुरा र हामी

राजनीतिका कुरा र हामी

मिसावटको अवस्था र सजगता

मिसावटको अवस्था र सजगता

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In