ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पचास पैसा संकलन गर्ने सहकारीको ५० करोड

by चितवन पोष्ट
२०७० पुष १४, आईतवार ०४:१० गते
in अर्थ
0
0
SHARES
Share on FacebookShare on Twitter

गैंडाकोट ।     नेपालीमा उखान छ थोपा–थोपा मिलेर सागर बन्छ । गैंडाकोटको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड यो उखानको जिवन्त उदाहरण बनेको छ । ५० पैसा जम्मा गर्ने युवाहरुले खोलेको संस्थामा अहिले ५० करोड रुपैयाँभन्दा धेरै रकम संकलन भएको छ ।
गैंडाकोटका २६ युवाले  २२ वर्षअघि संस्था स्थापना गर्दा महिनाको १५ रुपैयाँ बचत संकलन गर्दथे । अर्थात दिनको ५० पैसाका दरले बचत संकलन सुरु गरेको विकूले अहिले १२ हजारभन्दा धेरै शेयर सदस्य छन्  । संस्थाले झट्ट सुन्दा पत्याउनै नसकिने प्रगति गरेको छ ।
सहकारीको शनिबार सम्पन्न साधरणसभामा संस्थाले ६७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको आर्थिक प्रतिवेदन प्रस्तुत हुँदा धेरैले जिब्रो टोके । शेयर सदस्य संख्याको हिसाबले विकू नेपालको दोस्रो ठूलो संस्था भएको सभामा जानकारी दिइयो ।
त्यस्तै पूँजी संकलन र परिचालनको हिसावले विकू नेपालका सहकारीमध्ये नवौं स्थानमा आउने संस्थाका अध्यक्ष इन्द्रराज ज्योति पौडेलले जानकारी दिए । यो संस्थाले उत्कृष्ट सहकारीको पुरस्कार समेत प्राप्त गरी सकेको छ ।
‘हामीले विस २०४८ सालको भदौ ५ गते २६ जना सदस्य मिलेर दिनको ५० पैसा जम्मा गर्ने उद्देश्यका साथ यो संस्था खोलेका हौं’ विकूका संस्थापक समेत रहेका हालका अध्यक्ष इन्द्रराज ज्योति पौडेलले भने । अहिले मासिक सय रुपैयाँ वचत हुने सो संस्थाका शेयर सदस्यमध्ये ५३ प्रतिशत महिला छन् ।
‘‘फजुल खर्च कटौती गर्नका लागि महिनाको १५ रुपैयाँ जम्मा गर्न लाग्यौं । पछि अरु पनि थपिए पैसा पनि थपिदै गयो । जम्मा भएको रकम पशुपालनमा लगानी गर्न थाल्यौं’ संस्थापकमध्येका नारायण सापकोटाले भने । संस्थाबाट ऋण लिएर भैसी पाल्नेहरुले नारायणगढमा दुध बेच्न लैजान्थे । तर उनीहरुको दुध बिक्री हुन छाड्यो ।
‘त्यसपछि गाउँमा दुध संकलन केन्द्र स्थापना भयो । विस २०५४ सालमा केन्द्र स्थापना भएपछि पशुपालन फष्टायो । संस्थाको प्रतिष्ठा पनि बढ्यो । सदस्यहरु थपिदै गए’ अध्यक्ष पौडेलले सुनाए । यसका साथै विकू वचतले नै १५ लाख रुपैयाँ लगानी गरेर गैंडाकोटमा विजय सामुदायिक शिक्षा सदन खोलेको छ । उच्चमावि तहसम्म अध्ययन हुने सो विद्यालयमा ११ सय विद्यार्थी छन् ।
२०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति पाएको यो संस्थाका शेयर सदस्यले छोराछोरीको न्वारनदेखि कै दक्षिणा जम्मा गर्ने चलन बसाएका छन् । ‘न्वारनको दक्षिणा ल्याएर बचत गर्न थाल्छन् । नियमित बचत गर्ने हो भने बालबालिका  १६ वर्षको पुग्दा ५० हजार रुपैयाँभन्दा बढी जम्मा हुन्छ । उच्च शिक्षाका लागि त्यहीँबाट खर्च गर्न मिल्छ’ अध्यक्ष पौडेलले भने ।
त्यसो त संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर व्यवसाय गर्नेलाई ५० हजार र अध्ययन गर्नेलाई बढीमा एक लाख ५० हजार रुपैयाँ ऋण दिने नीति पनि बनाएको छ । विकूकै सक्रियता सामुदायिक एफएम संचालन भएको छ । नवलपरासी जिल्लाको ४३ गाविसमा सेवा दिने सो संस्थाले ६ वटा गाविसमा सेवा केन्द्र नै खोलेको छ ।
‘शेयर सदस्यलाई उद्यमी बनाएर उनीहरुको आर्थिकक हैसियत सुधार्ने कार्यक्रम ल्याउनु पर्छ । सञ्चालकहरुमा काम गर्नेे उत्साह हुनु पर्छ । आर्थिक सुशासन कायम राख्न पर्छ । प्रजानान्त्रिक प्रकृया अपनाउने र सवै कुरा पारदर्शी गर्ने हो भने सफल भइन्छ भन्ने शिक्षा मिलेको छ’ अध्यक्ष पौडेलले सुनाए । सो संस्थाले राष्ट्रिय अन्तर्राष्ट्रिय तहमासमेत ख्याति कमाएको पौडेलले जानकारी गराए ।
नेपाल वचत तथा ऋण सहकारी संघ लि केन्द्रीय समितिले विकूलाई देशभर रहेकामध्ये उत्कृष्ट वचत तथा ऋण सहकारी भनेर गत वर्षको साउन ३२ गते घोषणा गरेको थियो । त्यस्तै लघुवित्त संस्थाहरुको विश्वव्यापी सञ्जाल मिक्स मार्केटले उत्कृष्ट कार्य गर्ने संस्थाको स्तरअनुसारको तारा चिन्ह दिने गर्छ । विकूले मिक्स मार्केटबाट पाँच तारा पाएको छ । मिक्स मार्केटले सवैभन्दा राम्रोलार्ई पाँच तारा दिन्छ ।
[divider]
फोटो क्याप्सनः विकू वचत तथा ऋण सहकारीको साधरणसभामा भाग लिन आएका शेयर सदस्यहरु   

Related Posts

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

सौराहामा व्यवसाय प्रवर्द्धनसम्बन्धी प्रशिक्षण

भरतपुर महानगरको बजेट खर्चको स्थिति : मंसिर मसान्तसम्मको बजेट खर्च न्यून

करको दर हैन दायरा बढाउँदै महानगर

Chitwan Post

नवलपुर ग्रील तथा स्टील व्यवसायी संघको पदस्थापना

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

घरबाट भागेका देवर–भाउजूको मृत्यु

महेन्द्रनगर । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि...

Read more
ग्रामीण यातायातमा सञ्चालक समिति चयन

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

Chitwan Post

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In