-होमनाथ सापकोटा
सौराहा । कुशप्रसाद हात्तीका छावाहरु बीचको रोमाञ्चकारी फुटवल प्रतियोगितामा निकै जमेको खेलाडी हो । लगातार तीन वर्षदेखि प्रत्येक खेलमा ह्याट्रिक गर्दै आइरहेको कुशप्रसाद यस वर्ष पनि अगाडि देखियो ।
कुशप्रसादको कला हेर्न सौराहा पुगेका पर्यटकहरु आतुर छन् । ३० मिनेटको खेलमा कुशप्रसादको चर्तिकलाका कारण दर्शकलाई खेल सकिएको पत्तै हँुदैन । मैदान घेरेर बसेका दर्शकहरुले कुशप्रसादको पक्षका हुटिङ गरिरहेका देखिन्थे ।
कुशप्रसादले खेल अवधिभर आफ्नो कुशलता प्रदर्शन ग¥यो । लगातार ह्याट्रिक गर्दै आएको कुशप्रसादले शनिबारको खेलमा पनि ह्याट्रिक गरेर आफ्नो क्षमता राम्ररी देखायो । कुशप्रसादको ह्याट्रिकले किष्ट बैंक फाइनलमा प्रवेश गरेको छ । खेलमा निकै जमेका कुशप्रसादले खेल सुरु भएको १ मिनेट १० सेकेन्डमा किष्ट बैंकका लागि पहिलो गोल गरेको थियो ।
उसले पहिलो हाफको १४ मिनेटमा अर्को गोल गरेर दुई गोल अन्तरको अग्रता दिएको थियो । कुशप्रसादले दोश्रो हाफको ६ मिनेटमा अर्काे गोल गरेर किष्ट बैकलाई जित नजिक पु¥याएको थियो । गत बर्षको फाईनल खेलमा पनि कुशप्रसादकै ह्याट्रिकले किष्ट बैंकले हात्तीका छावा बीचका फुटवल प्रतियोगिताको उपाधि जितेको थियो ।
कुशप्रसादको कुशलताले सबैलाई चकित मात्र बनाएको छैन् हात्तीको छावाबीचको खेलको अनुगमन गरिरहेका नतिजा सार्वजनिक समितिका संयोजक ऋषि तिवारीले भन्नुभयो खेल हेर्न आएका दर्शकलाई पनि भरपुर मनोरञ्जन दिएको छ ।
कुशप्रसादको ह्याट्रिकले किष्ट वैंकले सिजी फुड्सलाई ३–० ले पराजित गरेका थियो । अव फाइनलमा सोमवार किष्ट वैंकले लायन्स क्लवको सामना गर्नेछ भने दास्रो स्थानका लागि पहिलो खेलमा पराजित टुरिजम डेभलपमेन्ट बैंक र शनिवार पराजित भएको सिजी फुड्सबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी शनिबार भएको हात्तीदौड प्रतियोगिताको पहिलो सेमीफाइनल खेलबाट तीनवटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । दोश्रो चरणको खेलबाट ६ मध्ये ३ वटा हात्ती फाइनलमा प्रवेश गरेका हुन् ।
बाघमारा चौरमा भएको खेलमा हाईवे स्टारको एकता कली प्रथम, रानी अष्ट्रेलियनको कोशी कली द्वितीय र माउण्ट एभरेष्ट ब्रुअरीको मारुतीकली तृतीय हँुदै फाइनलमा पुगेको प्रतियोगिताका नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो ।
आज आइतबार पनि दोस्रो चरणमा ६ वटा हात्तीबीच प्रतिस्पर्धा हुँदैछ । फाइनलमा ६ वटा हात्तीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । महोत्सवको मुख्य आकर्षण रहेको हात्ती सुन्दरी प्रतियोगितामा ३ वटा हात्ती फाइनलमा पुगेका छन् । पाँच वटा हात्तीबीच भएको प्रतियोगितामा २ वटा हात्ती बाहिरिएका छन् ।
पिङ्कीकली, लक्ष्मीकली र प्रकृतिकली फाइनलमा प्रवेश गरेका हुन । हात्तीको सरसफाई, आनिबानी, माउतेको सरसफाई, हात्तीको हिँडाइलगायतका आधार निर्णय गरिएको नतिजा प्रकाशन समितिका संयोजक तिवारीले जानकारी दिनुभयो । त्यस्तै शनिबारै भएको डुङ्गा दौडतर्फको फाइनल खेलमा सौराहा तेक्वान्दो डोजाङका सोमे बोटे प्रथम भएका छन् भने रोयल जीप सफारीका गणेश बोटे द्वितिय तथा सौराहा वचत तथा ऋण सहकारी सस्था लिमिटेडका होमबहादुर कुमालले तृतीय स्थान हासिल गरेका छन् ।
महोत्सवअन्र्तगत दास्रो चरणबाट ६÷६ वटा टाँगा र गाडा दौडको फाइनलमा पुगेका छन् । दोश्रो चरणमा शनिबार १२÷१२ वटा टाँगा र गाडाबीच प्रतिस्पर्धा भएको थियो ।
यसैबीच महोत्सवको तेस्रो दिन मानिसको भीड लागेको थियो । शनिबार पनि परेकाले मानिसहरुको निकै भीड लागेको थियो । गत ११ गते सुरु भएको हात्ती महोत्सव पर्सी सम्म चल्नेछ ।
Discussion about this post