स्वर्ण काव्य महोत्सव सम्पन्न

अन‌ि यो पनि

नारायणगढ । नारायणी कला मन्दिर नारायणगढको स्वर्णजयन्तीको अवसर पारेर शनिबार भरतपुरमा स्वर्णकाव्य महोत्सव सम्पन्न भएको छ । कला मन्दिरमा आयोजित कार्यक्रममा साहित्यकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुखअतिथि प्राध्यापक डा.गोविन्दराज भट्टराईले समकालीन नेपाली कविता काव्य प्रवृति र विशेषताविषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपाली साहित्यमा आमूल परिवर्तन आएको भन्दै साहित्य क्षेत्रलाई अझै प्राथमिकतामा राख्नुपर्ने बताए । डा. भट्टराईले नेपाली साहित्य क्षेत्रको अवस्था सन्तोषजनक भएको बताउँदै त्यसलाई थप परिष्कृत गर्नुपर्ने बताए ।
उनले नेपाली कला र साहित्यमा नारायणी कला मन्दिरले कला साहित्यमा अमूल्य योगदान पुराएको भन्दै धन्यवाद दिए । कार्यक्रममा चितवनको साहित्य विगत र वर्तमान अवस्थासमेत चर्चा गरिएको थियो । चितवनका नयाँ सष्टाहरुलाई अझै प्रोत्साहन गर्नुपर्ने भन्दै डा. भट्टराईले साहित्यिक जिल्लाको रुपमा परिचित चितवनलाई अझै मजबुत जिल्ला बनाउन आग्रह गरे ।
कार्यक्रममा विभिन्न सहित्यकारहरुले रचना वाचन गरेका थिए । कार्यक्रम नारायणी कला मन्दिरका अध्यक्ष विज्ञानलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया