कावासोती, । एक सातादेखि यहाँ चलेको शीतलहरका कारण जाडो बढेपछि एक वृद्धको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । शनिबार बिहान हरपुरबाट बस चढेर परासी आएका हरपुर ४ का ५९ वर्षीय मोहरम कुजडाको सदरमुकाम परासीस्थित महेशपुर चोकमा मृत्यु भएको हो । जाडोले कठ्याङ्ग्रिएर कुजडा बसबाट झर्ने वित्तिकै भुईँमा लडेको र केही समयमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जाडोका कारण जिल्ला अस्पतालमा निमोनिया, रुघाखोकी, कोल्ड डायरिया र दमका विरामी बढेको अस्पतालले जनाएको छ । रासस
Discussion about this post