चोरीसिकार रोक्न सेनाको विशेष कारबाही

अन‌ि यो पनि

  रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले वन्यजन्तु संरक्षणका लागि विशेष कारबाही सुरु गरेको छ ।
केन्द्रबाटै कारबाहीका लागि २०० सेनाको विशेष फोर्स ल्याएको नेपाली सेनाको मध्ये पृतनाले जनाएको छ । सोही कारबाहीका लागि चितवन आउनुभएका पृतनापति सुन्दर पुडासैनीले यस्तो जानकारी दिनुभएको हो ।
अहिले आवश्यक जनशक्तिलाई प्रशिक्षण दिने काम भइरहेको समेत उहाँले बताउनुभयो । अहिले वन्यजन्तुमाथि विभिन्न आक्रमण बढ्ने भएकाले यो समयमा सेनाले विशेष फोर्स सञ्चालन गर्न लागेको बताउनुभयो ।
फोर्ससँगै निकुञ्जको सुरक्षार्थ खटिएका विभिन्न गण र गुल्मसमेत परिचालन हुनेछन् । प्रायः यो समयमा निकुञ्जमा चोरी सिकारी बढ्ने हुन्छ, त्यसको नाका–नाका र गैँडा खेल्ने स्थानमा विशेष कारबाही हुने पृतनापति पुडासैनीले बताउनुभयो ।
उहाँका अनुसार अत्याधुनिक प्रविधिसहित आगामी असारसम्म कारबाही गरिनेछ । जसका लागि करिब २०० सेना परिचालन हुने उहाँले बताउनुभयो । पैदल, हवाइ, गाडी गस्तीसमेत हुनेछ ।
विदेशमा विभिन्न क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा मार्ने क्रम बढेको भए पनि चितवन निकुञ्जमा अहिलेसम्म सिकारीले गैँडा मार्न नसकेको भन्दै यो क्रमलाई कायम राख्न कारबाही आवश्यक भएको निकुञ्जले जनाएको छ ।
चितवनमा हाल ५०३ गैँडा र १२५ पाटेबाघ रहेका छन् । चितवनमा यी वन्यजन्तु जोगाउन निकै चुनौती छ । त्यसैले सेनाले विशेष कारबाही सुरु गरेको निकुञ्जको सुरक्षामा खटिएका गणपति चक्रबहादुर शाहले जानकारी दिनुभयो । रासस

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया