ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बक्सिङमा सेना र एपिएफ टिम च्याम्पियन

by चितवन पोष्ट
२०७० पुष १४, आईतवार ०३:३८ गते
in खेलकुद
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    काठमाडौँ, १३ पुस । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत २५ औंँ पुरुष तथा चौथो महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुषतर्फ नेपाली सेना र महिलातर्फ सशस्त्र प्रहरी बल (एएपिएफ) क्लब आज टिम च्याम्पियन बनेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल बक्सिङ सङ्घद्वारा आयोजित सो प्रतियोगितामा सेनाले समान तीन तीन स्वर्ण, रजत र कांस्य जित्यो । तीन स्वर्ण, उत्तिकै रजत र दुई कास्य जितेको एपिएफ दोस्रो तथा दुई स्वर्ण र तीन रजतका साथ नेपाल प्रहरी तेस्रो स्थानमा रहे ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएका सो प्रतियोगितामा महिलामा टिम च्याम्पियन बनेको एपिएफले चार स्वर्ण हात पा¥यो । दुई स्वर्णका साथ प्रहरी दोस्रो र सेना एक स्वर्णका साथ तेस्रो भयो । पुरुषमा मध्यमाञ्चलका मनोहर बस्नेत र महिलामा एपिएफकी माला राई उत्कृष्ट खेलाडी घोषित भए । दुवैले समान रु १०–१० हजार पुरस्कार पाए । उक्त पुरस्कार नेपाल भूपू बक्सिङ टिमले प्रायोजना गरेको थियो ।
त्यसतै टङ्क बुढा मगर वर्षको उत्कृष्ट बक्सिङ प्रशिक्षक घोषित भए । उहाँलाई अमर ज्योति फाउन्डेसनले रु २५ हजार र एडिडासले रु १० हजार नगद पुरस्कार प्रदान ग¥यो । उहाँले बक्सिङ किट्स पनि पाउनुभयो । उत्कृष्ट निर्णायक चुनिएबापत दिनकलाल श्रेष्ठलाई एडिडासले रु १० हजारले पुरस्कृत ग¥यो ।
महिलाको ४८–५१ केजीमा सेनाकी मीनु गुरुङले एपीएफकी माया चौधरी तथा ५७–६० केजीमा एपिएफकी सरस्वती राणाले सेनाकी निरु गुरुङलाई पराजित गरी पहिलो भए ।
पुरुषको ४६–४९ केजीमा एपिएफका विक्रम परियारले प्रहरीका निरञ्जन श्रेष्ठ, ४९–५२ केजीमा एपिएफका लक्षुमन तामाङले सेनाका प्रेम चौधरी, ५२–५६ केजीमा प्रहरीका दिनेश श्रेष्ठले सेनाका नरेश देवान, ५६–६० केजीमा एपिएफका पूर्णबहादुर लामाले पूर्वाञ्चलका विराज राई, ६०–६४ केजीमा सेनाका दीपक श्रेष्ठले प्ररहीका भूपेन्द्र थापा, ६४–६९ केजीमा प्रहरीका रत्नबहादुर तामाङले एपिएफका विकास लामा, ६९–७५ केजीमा सेनाका उजर्सिंह थापाले मध्यमाञ्चलका सोभित खत्री, ७५–८१ केजीमा मध्यमाञ्चलका दीपक महर्जनले सेनाका दीपेश लामा, ८१–९१ केजीमा मध्यमाञ्चलका मनोहर बस्नेतले एपिएफका मीनप्रकाश जोरा तथा ९१ केजीमाथिमा सेनाका श्याम खड्काले एपिएफका महेश केसीलाई हराउँदै स्वर्ण हात पारे ।
विजेतालाई राखेप सदस्यसचिव युवराज लामालगायतले पुरस्कार प्रदान गर्नुभयो । पाँचदिने सो प्रतियोगितामा ५९ पुरुषले १० तथा २५ महिलाले सात स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । रासस

Related Posts

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

काठमाडौँ ११ ले जित्यो माडी गोल्डकप

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

खैरहनीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In