ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सचिव पाठकलाई सजाय माफी

by चितवन पोष्ट
२०७० पुष १३, शनिबार ०३:३७ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । सर्वोच्च अदालतले सिँचाइ मन्त्रालयका सचिव प्रतापकुमार पाठकलाई गरेको सजाय माफी दिएको छ ।
न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले अदालतको आदेशको अपहेलना गर्नुभएका सचिव पाठकले यही पुस १ गते अदालतमा उपस्थित भई लिखित प्रतिबद्धतासहित क्षमायाचना गर्नुभएकाले आज माफी दिने आदेश गरेको हो ।  आदेशमा निवेदक पाठकलाई अपहेलनाको कसुरमा गरेको सजायसमेतबाट मागबमोजिम माफी दिने ठहर्ने र लगतबमोजिमको जरिवाना असुल गर्न नपर्ने भई सजायको लगत कट्टा गरिदिनू भनिएको अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
गत मङ्सिर १७ गते न्यायाधीशद्वय श्रेष्ठ र उपाध्यायको संयुक्त इजलासले गत भदौ ७ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयनमा अवरोध पु¥याउने तत्कालीन सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवलाई रू छ हजार र सचिव पाठकलाई रू पाँच हजार जरिवाना गर्न आज आदेश दिएको हो  । सो इजलासले एक महिनाभित्र  इजलासलाई सन्तोष हुने गरी आफ्नो कार्यको प्रायश्चित गरेर क्षमायाचना गरेमा ठहरेबमोजिम गर्न सो अवधिसम्मका लागि मुद्दा मुल्तबीमा राख्न पनि आदेश दिएको थियो ।
यसअघि अदालतकै एक इजलासले मन्त्री यादव र सचिव पाठकलाई निवेदिका सचिव पदमा कार्यरत बिन्द्रा हाडालाई सोही पदमा यथावत्रूपमा कामकाज गर्न दिई सोको लिखित जानकारी शीघ्र अदालतलाई दिन आदेश जारी गरेकामा विपक्षी मन्त्री यादव र सचिव पाठकले अदालती आदेशको वास्तविक मर्म र भावनाविपरीत स्वेच्छाचारी हिसाबले काम गरेकाले आदेशको अपहेलना भएको ठहर गरेको थियो । रासस

Related Posts

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

छिमेकीबाटै दुई बालिकामाथि बालयौन दुरूपयोग : पीडित परिवारले प्रहरीलाई दिए उजुरी

बलात्कारीलाई १८ वर्ष कैद

Discussion about this post

अन‌ि यो पनि

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने
प्रमुख समाचार

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने

भरतपुर । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायण प्रसाद भट्टराईको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट चितवनका...

Read more
अपाङ्गता भएका व्यक्तिलाई सहयोग

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

नेकपाका मुख्य सचेतकमा भट्टराई

नेकपाका मुख्य सचेतकमा भट्टराई

छिमेकीबाटै दुई बालिकामाथि बालयौन दुरूपयोग : पीडित परिवारले प्रहरीलाई दिए उजुरी

बलात्कारीलाई १८ वर्ष कैद

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In