ADVERTISEMENT
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

धूमपान निषेधित क्षेत्र कार्यान्वयन गर्न समस्या

by चितवन पोष्ट
२०७० पुष १३, शनिबार ०३:३१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बसन्त पराजुली
भरतपुर । ‘कुनै बेला म चुरोटको अम्मली थिएँ, तर आफ्नै कार्यालय प्रमुखले साह्रै भनेपछि चुरोट छाडें’, स्वास्थ्य मन्त्रालय सूचना तथा सञ्चार केन्द्रका पूर्वनिर्देशक लक्ष्मीरमण वनले भरतपुरमा शुक्रबार भने, ‘आफ्नै हाकिमको बचनले मैले चुरोट छोडें ।’
‘सुरूसुरूमा त चुरोटको लत् छोड्न पनि निकै गाह्रो भयो’, उनले सात वर्ष अघिको चुरोट छोड्दाका दिनहरु स्मरण गर्दै भने, ‘एक वर्षसम्म त निकै गाह्रो भयो । पछि विस्तारै बानी प¥यो ।’
कुनै बेलाका अम्मली वन आफूले चुरोट सेवन गर्नमात्रै छोडेनन् । नेपालमै चुरोट र सूर्तीको नियन्त्रणका लागि कानुन बनाउन सफल भए । सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्नेसम्बन्धी ऐन २०६८ को मस्यौदाकार मध्येका एक वन कानुन बनेर पनि कार्यान्वयनमा देखिएको सुस्तताप्रति खिन्न छन् ।
‘ऐन बनेपछि सार्वजनिक स्थानहरुमा चुरोट सूर्ती खाने घटेका छन्’, उनले थपे, ‘अहिले सार्वजनिक सवारी साधन, अस्पताल, स्कुलमा खुलेयाम चुरोट खाने भेटिन छाडेको छ ।’ तर वास्तविकता वनले सोचेभन्दा फरक रहेको जानकारहरु बताउँछन् । ऐनले तोके भन्दाविपरीत सार्वजनिक स्थानहरुमै पनि चुरोट सूर्ती खाने भेटिन्नन् ।
‘होटल सार्वजनिक थलो हो, तर यहीँ बढी चुरोट खाने भेटिन्छन्’, एक स्वास्थ्यकर्मीले भने, ‘चितवनकै होटलहरुमा नो स्मोकिङ जोन अर्थात् धुमपान निषेधित क्षेत्र लेखिएकै स्थानमा बसेर चुरोट तानिरहेकै पनि भेटिए ।’ चितवन होटल व्यवसायी समितिका सचिव कमल शर्मा पनि होटलहरुले पूर्ण रुपमा धूमपान निषेधित क्षेत्र कार्यान्वयन गर्न नसकेको स्वीकार्छन् ।
‘हाम्रै होटलहरुमा धेरै सुधार गर्नुपर्ने छ’, उनले चितवन पोष्टसँग भने । होटलमात्रै होइन, अन्य सार्वजनिक स्थानहरुमा पनि यसरी नै सूर्तीजन्य पदार्थ प्रयोगकर्ता भेटिने गरेका छन् ।
सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने सम्बन्धी ऐन २०६८ अनुसार सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको छ । यो ऐन कार्यान्वयन गर्ने निकाय पनि यसप्रति मौन रहँदा समस्या भएको हो ।
‘समस्या छ, समाधानको पहल पनि भइरहेको छ’, चितवनका जनस्वास्थ्य प्रशासक केयरसिह गोदारले भने, ‘दण्ड लगाएर मात्रै हँुदैन । चेतना जगाएर पनि कानुन कार्यान्वयन गराउनुपर्ने जरूरी छ ।’
‘चुरोटका कारणले गर्ने असरका बारेमा पहिला बुझाउन जरूरी छ’, उनले थपे, ‘चुरोटकै कारण मानिसलाई क्यान्सर हुन्छ । मुटुको रोग हुन्छ । स्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ भन्ने कुरा बुझाउन जरूरी छ ।’  चुरोटबाट हुने क्षति न्यूनीकरणका लागि चुरोटको प्रयोग नियन्त्रण गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता छ । चुरोट सूर्ती प्रयोग नियन्त्रणको अभियान सञ्चालन गरिरहेको सेन्टर फर कम्यूनिटी हेल्थ प्रमोशन कार्यक्रममा स्रोत व्यक्तिसमेत रहेका पूर्वनिर्देशक वन चुरोट सूर्तीले मनिसको स्वास्थ्यसँगै आर्थिक क्षति गरिरहेको बताउँछन् ।
‘चुरोट किनेर खानु प¥यो । बिरामी भएपछि उपचार गर्न खर्च लाग्यो’, उनले भने, ‘अहिले चुरोटमा अर्बौ अर्ब खर्च भएको छ । चुरोटको सेवन रोक्न सक्ने हो भने त्यो बचाउन सकिनेछ ।’
नेपालमा वर्षेनि १५ हजार मानिस सूर्ति चुरोटकै कारणले हुने क्यान्सरबाट
मर्ने गरेका तथ्याङ्क सेन्टर फर कम्युनिटी हेल्थ प्रमोशन कार्यक्रमसँग छ  । सूर्ती चुरोटबाट हुने क्षति न्यूनीकरणका लागि यसको
प्रयोग नै घटाउनतर्फ लाग्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि वनजस्ता सूर्तीजन्य पदार्थ नियन्त्रण अभियान कर्ताको अभियान सफल हुन जरूरी छ ।

Related Posts

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

एकैदिन २३५१ सङ्क्रमित, छ जनाको मृत्यु

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

Read more
हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In