ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चिसोमा न्याना कपडा देऊ

by चितवन पोष्ट
२०७० पुष १२, शुक्रबार ०३:४० गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चितवनमा जाडो बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले सबैभन्दा बढी बालबालिकालाई प्रत्यक्ष असर पु¥याएको छ । ग्रामीण क्षेत्रका प्रसूति केन्द्रमा जन्मिने शिशुलाई निःशुल्क दिइने न्याना कपडा वितरण नहुँदा स्वास्थ्यसम्बन्धी जटिल समस्या देखिने सम्भावना बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले समयमै काम सम्पन्न नगर्दा भर्खरै जन्मिएका शिशुलाई कपडा उपलब्ध गराउन समस्या परिरहेको छ । जनस्वास्थ्य कार्यालयले संविधानसभाको चुनावका कारण समयमै न्याना कपडा वितरण गर्न नसकिएको धारणा राखेको छ । चितवनमा रहेका १८ वटा प्रसूति केन्द्रमध्ये ग्रामीण क्षेत्रमा रहेका केन्द्रहरुमा स्वास्थ्य सेवा विभागले न्यानो कपडा वितरणका लागि रकम विनियोजन गर्दै आए पनि सो सुविधाका लागि छुट्याइएको रकमसमेत खर्च हुन सकेको छैन ।
चितवनमा वार्षिक १२ हजार शिशु जन्मिने गरेका छन् । सरकारले बाल मृत्युदर घटाउन शिशुका लागि न्यानो कपडा वितरण गर्नेे कार्यक्रम लागू गरेको थियो । सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत ग्रामीण भेगका प्रजनन् केन्द्रबाट प्रतिशिशु १३ थान सिलाइ गरेका कपडा र सुत्केरी आमाका लागि एक थान कपडा उपलब्ध गराउने व्यवस्था गरेको थियो । गरिब तथा विपन्न समुदायका लागि यही सहयोग पनि ठूलो हुन्छ । तर, कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न नहुँदा सरकारले व्यवस्था गरेको यो सहयोग झारा टार्ने खालको देखिन्छ । विपन्नका लागि सरकारले मातृशिशु दुवैका लागि पर्याप्त सहयोग गर्नुपर्ने देखिन्छ । उसो त, जाडोले चितवनको जनजीवन कष्टप्रद भइरहेको छ । चितवनका पहाडी गाविस, मुसहर बस्ती, सुकुमबासी बस्तीलगायतका गाविसहरुमा बालबालिकाहरुको बिचल्ली भएको छ । अझ विपन्न समुदायमा रहेका सुत्केरी आमा तथा शिशुको अवस्था दयनीय बनिरहेको छ । यस्तो अवस्थामा सरकारी तवरबाट पर्याप्त सहयोग हुन सकिरहेको छैन ।
केही सामाजिक संघसंस्थाहरुले यदाकदा बालबालिकालाई जाडोका कपडा वितरण गरेर एउटा प्रशंसनीय कार्य थालनी गरेका छन् । तर, कष्टकर जीवन बिताउन विवश भएका ग्रामीण क्षेत्रका बालबालिकालाई नियमित रुपमा न्याना कपडा वितरण गर्नुपर्ने देखिएको छ । चितवनमा सयौँको संख्यामा त्यस्ता सामाजिक तथा सहकारी संस्था सञ्चालनमा छन् । आर्थिक अवस्था सबल भएका यस्ता संस्थाहरुले हरेक चिसो मौसममा शिशु तथा बालबालिकालाई मानवीय सहयोग गर्नु जरूरी देखिन्छ । अहिले केही मनकारी व्यक्ति तथा संस्थाले विपन्न समुदायका बालबालिकालाई सहयोग गरेर आफ्नो जन्मदिन मनाउने सकारात्मक सुरूवात पनि गरेको देखिन्छ । चितवनमा धन र मन भएका व्यक्ति तथा संस्थाहरु हजारौँ छन् । उनीहरुले जाडोमा लुगलुग काँपेर बाँचेका बालबालिकाका लागि न्याना कपडा वितरण गरेर मानवीय धर्म निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Related Posts

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

जो बाइडनको कार्यकालबाट अपेक्षा

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In