पूर्ण साक्षर बनाउन कक्षाहरु सञ्चालन गरिने

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा एक हजार ७२९ कक्षाहरु सञ्चालनमा ल्याइने भएका छन् । नेपाल सरकारको सनः २०१५ सम्ममा साक्षर नेपाल बनाउने अभियानअन्तर्गत चितवन जिल्लालाई पनि साक्षर बनाउनको निम्ति यी कक्षाहरु सञ्चालन गरिने भएका हुन् ।
बिहीबार बसेको जिल्ला अनौपचारिक शिक्षा समितिको वैठकले प्रस्ताव भई आएका गाविस तथा वडाहरुमा ती कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । समितिको बैठकले एक कक्षामा २६ जना निरक्षरलाई सहभागी गराउने गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए ।
अनौपचारिक शिक्षा केन्द्र सानोठिमीबाट जिल्ला शिक्षा कार्यालयमा स्वीकृत भएर आएका एक हजार ७२९ साक्षरता कक्षामध्ये पहिले कक्षा सञ्चालन नभएका गाविस तथा वडाहरुमा एक हजार ६८१ कक्षा चलाउने र बाँकी ४८ कक्षाहरु अघिल्लो वर्ष कक्षा सञ्चालन गरिएका गाविस तथा वडाहरुमा आवश्यकता हेरी माग भएबमोजिम सञ्चालन गर्ने निर्णय गरेको हो ।
यता समितिको बैठकले औपचारिक शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले सामुदायिक अध्ययन केन्द्रको स्थापना गरी सिफारिस माग गरेबमोजिम ६ वटा अध्ययन केन्द्रलाई सञ्चालनका लागि अनुमतिको अनौपचारिक शिक्षा समितिमा सानोठिमीमा जिल्ला शिक्षा कार्यालयबाट सिफारिस गर्ने निर्णय गरेको छ ।
यसरी सञ्चालन अनुमतिका लागि सिफारिस गरिएका सामुदायिक अध्ययन केन्द्रहरुमा पटिहानी सामुदायिक अध्ययन केन्द्र पटिहानी, वीरेन्द्रनगर सामुदायिक अध्ययन केन्द्र वीरेन्द्रनगर, स्वरोजगार सामुदायिक अध्ययन केन्द्र रनपा ८, सचेतना सामुदायिक अध्ययन केन्द्र दिव्यनगर, गर्दी सामुदायिक अध्ययन केन्द्र, गर्दी र ज्ञानज्योति सामुदायिक अध्ययन केन्द्र चण्डिभञ्ज्याङ रहेका छन् ।
अनौपचारिक कक्षा सञ्चालनका लागि प्रस्ताव माग भएका वीरेन्द्रनगर, दाहाखानी, भनपा २, ३, १३ र १४ बाट प्रस्ताव पेश नभएको भन्दै समितिको वैठकले पुनः प्रस्ताव माग गर्दै स्थानीय निकायलाई कक्षा सञ्चालन गर्ने संस्थाको सिफारिस गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया