ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कमजोर चेतनास्तरको परिणाम

by चितवन पोष्ट
२०७० पुष ११, बिहीबार ०३:२३ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–वीरेन्द्रमणि पौडेल
मेरो नाम वीरेन्द्र, बहिनीको नाम बबिता । धेरै उमेर फरक थिएन हामीबीच । त्यही बहिनी बबिताको लास थियो आँगनमा । रातो घाँघरभित्र लास, त्यसमाथि सेतो कपडा । करिब ३६ वर्षअघिको कुरा हो यो । मेरा बाआमाका १० वटा सन्तानमध्ये एउटी छोरीको मृत्यु भएको त्यसबेला सबैजना रोइरहेका थिए । आमा आँगनमा लडीबुडी गरिरहनुभएको थियो । बुबाको अनुहार पनि रोएकै जस्तो देखिन्थ्यो । हजुरआमाको आँखामा आँसु थियो । अरु मान्छेहरु पनि सुँक्कसुँक्क गरिरहेका थिए । फुपाजु उहाँलाई हामी भिनाजु भन्थ्यौँ, बहिनीको लासलाई यताउता गर्दैं हुनुहुन्थ्यो । सायद, लासलाई पोको पार्दै हुनुहुन्थ्यो । त्यो आँगनमा मान्छे रोएको आवाज निकै चर्को सुनिन्थ्यो । प्रायः सबैजना रोइरहेका बेला म पनि रून थालेँ । अरु किन रोइरहेका छन्, मलाई थाहा थिएन । मलाई असाध्यै भोक लागेको थियो । म भोक खप्न नसकेर रोइरहेको थिएँ । जतिजति अरु चर्को स्वरले रून्थे, म पनि उति नै चर्को स्वरमा रोइरहेको थिएँ ।
धेरै बेरसम्म रूँदा पनि कसैले के खान्छस् भनेर नसोधेपछि म “भोक लाग्यो” भन्न थालेँ । तर, मेरो आवाज कसैले सुनेन । सुनेकै भए पनि कसैले वास्ता गरेनन् । म भोक लाग्यो, भोक लाग्यो भनी निकैबेर रोएपछि हजुरआमा मेरो नजिक आउनुभयो र आफ्नो चोर औँलाले आफ्नै दुईवटा ओठको बीचमा थिचेर “चुप लाग्, यस्तो बेलामा भोक लाग्यो भन्नुहुन्न” भन्नुभयो । तर, म चुप लागिनँ । अझै च्याँट्ठिएर रून थालेँ । हजुरआमाले एकपल्ट रिसाएको तरिकाले फेरि हेर्नुभयो । म अझै कराउन छाडिनँ । हजुरआमा भान्छामा जानुभयो । बासीभातको कसौँडी उचालेर ल्याउनुभयो । आधाजस्तो भात भएको कसौँडी मेरो अगाडि राखेर “असत्ती” भन्नुभयो । मैले हजुरआमाको कुरामा वास्ता गरिनँ । घरपछाडि कसौँडी लगेर कपाकप खान थालेँ । जति इच्छा लाग्छ खाएँ, खान नसकेको छाडिदिएँ । तीन–चार वर्षको उमेरसम्म स्वस्थ, पछि बोली हराएको; ऊ लामो समयदेखि बिरामी परेकी थिई । त्यही बहिनी मरेको त्यतिबेला सबैजना लास नारायणगढतिर लाने तरखर गर्दै थिए, मचाहिँ भर्खर भोक मेटाएर यताउता खेल्दै थिएँ । आज पनि मलाई त्यो दृश्य झलझली याद आउँछ र असाध्यै चर्को पीडा दिन्छ ।
जब त्यो दृश्य मेरा सामुन्ने यदाकदा आउँछ, मेरो मनमा थुप्रैथुप्रै प्रश्नहरुले एकसाथ मेरा गालामा चड्कन हान्दै सोध्छन्– “बहिनीको लासअगाडि पनि भोक खप्न नसक्ने तँ मूर्ख होस् कि होइनस् ? कहाँ थियो तेरो चेतना त्यतिबेला, शोकमा रून पर्ने बेलामा भोकमा रूने ? तेरा बाआमाको छोरी थिई भने तेरो पनि त बहिनी थिई । यदि बहिनी नै नभएको भए पनि लासकै अगाडि भोक लाग्यो भनेर रून कसरी सकेको ? यस्ता प्रश्नहरु उब्जिन्छन् र प्रश्नले झटारो हान्छन् । मलाई घायल पार्छन् । म थुप्रै पटक घायल भएको छु । अब पनि हुन्छु । बाँचुञ्जेल निरन्तर भइरहने छु ।
बाल्यकालमा मेरो चेतनास्तर कमजोर थियो । मैले थाहा पाइनँ । बहिनीको लासको अगाडि भोकले मलाई परास्त गरिदियो । यदि मेरो चेतनास्तर गतिलो थियो भने म बहिनीको लासअगाडि भोक लाग्यो भनेर रूने थिइनँ । स्नेहका कारण आँसु बगाइरहेको हुनेथिएँ । सायद भन्ने थिएँहुँला, “बहिनी तिमीले चाँडै शरीर छाड्यौ, हामी पछि छाडौँला, कतै फेरि दाइ र बहिनीको भूमिका निर्वाह गर्ने परमात्माद्वारा आदेश मिल्यो भने सोहीअनुसार भूमिका निर्वाह गरौँला ।” तर, मलाई मेरो चेतनास्तरले धोका दियो । बहिनीको लासको अपमान गरेँ, भोक लाग्यो भनेर रोएँ, बासी भात कपाकप खाएँ । मैले दाइको भूमिका निर्वाह गर्नुपथ्र्यो, चेतनास्तरले धोका दिएको हुँदा निर्वाह गर्न सकिनँ । यो त भयो मेरो कमजोर चेतनास्तरको कुरा, अब कुरा गरौँ, हाम्रा राजनेताहरुको चेतनास्तर र भूमिकाको कुरा ।
आगो लागिसकेपछि इनार खन्ने होइन, समयमै पानीको बन्दोबस्त गरिराख्नुपर्छ भन्थे हाम्रा पुर्खाहरु । हाम्रा पुर्खाहरुले रोग लागेपछि औषधि गर्नुभन्दा रोगै लाग्न नदिनु बेस भन्थे । हाम्रा पुर्खा विद्वान् थिए । प्रमाणित तथ्य मात्रै बोल्थे । मानवहितमा बोल्थे र त्यहीअनुसार गर्थे । पुर्खाको चेतनास्तर माथि थियो तर जतिजति छोरा, नाति र पनातिका रुपमा हाम्रो समाज विकसित हुँदै गयो, हाम्रो चेतनास्तर उतिउति खस्किँदै गएको देखियो । अब सीधासीधा कुरा गरौँ । विश्वमा संविधानसभामार्फत संविधान बनाइएका मुुलुकहरु थोरै छन् । सहमतिमा संविधान लेखिएको छ । जहाँ संविधानसभामार्फत संविधान बनाउने प्रयास गरियो, कतै सफलता मिल्यो भने कतै मिलेन, यो बेग्लै पक्ष हो । तर, दोहो¥याएर संविधानसभाको निर्वाचन गरिएको मुलुक संसारमा हाम्रै नेपाल मात्रै हो, यसमा शंका नगर्दा हुन्छ ।
पहिलोपल्टको संविधानसभाले संविधान बनाउन सकेन । दलहरु विभिन्न सिद्धान्तका हुन्छन् । सबै सिद्धान्तलाई एउटै पोकोमा राखेर संविधान बनाउन सकिँदैन । सके सहमतिमा, नमिले दुईतिहाई मतले संविधान बनाइन्छ । यसरी बनाउँदा समेत सबैको भावना नसमेटिए संविधानमा थपघट गरिन्छ, संशोधन गरिन्छ । तर पूरै संविधान जलाउने, च्यात्ने, फ्याँक्ने गरिँदैन र गर्न जरूरी वा आवश्यकता पनि पर्दैन । तर, नेपालका राजनीतिक दलहरुले संविधान बनाउने आँटै गरेनन् र दोस्रो पटक संविधानसभाको निर्वाचन गरियो । त्यतिबेला प्रायः सबै विषयमा सहमति गरिएको बताइएको र संघीयता, प्रदेश निर्माण र शासकीय स्वरुपजस्ता विषयमा मतान्तर भनिएको अवस्थामा संविधान बनेन, बनाइएन । संविधान बन्न सक्थ्यो, नबन्नमा अन्य थुप्रै कारणहरु हुन सक्लान् पनि । तर मुख्य कारण मान्छेभित्र लुकेर बसेको लोभ र चेतनास्तरमा देखिएको गडबडी मात्रै थियो ।
हरेक मान्छे लोभी हुन्छ । कसैले धनको लोभ गर्छ, कसैले पदको । कसैले खानेकुराको लोभ गर्छ, कसैले लाउने कुराको । यी सबै खालका लोभ मान्छेमा देखिनुको कारण अरु हुँदै होइन, सिर्फ त्यही न्यून चेतनास्तर हो । मान्छे जन्मिन्छ, हुर्किन सके कुनै भूमिका निर्वाह गर्छ र समय पुगेपछि त्यो भूमिकाबाट मुक्त हुन्छ । त्यही भूमिका निर्वाह गर्न अर्को आइपुग्छ, आउँछ र ल्याउनुपर्छ । भूमिका र पद हस्तान्तरण गर्नुपर्छ । राजतन्त्र छँदा त्रिभुवन मरेपछि राजाका रुपमा महेन्द्र आए, महेन्द्रपछि वीरेन्द्र । वीरेन्द्रको वंशनाश भएपछि अपुतालीस्वरुप ज्ञानेन्द्र आए । उनले भूमिका निर्वाह गर्न जानेनन् र राजतन्त्र उड्यो । अन्तरिम शासनकाल २०४७ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । प्रधानमन्त्रीको कुर्सीमा गिरिजाप्रसाद कोइराला बसे । शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र, सूर्यबहादुर, लोकेन्द्रबहादुर, प्रचण्ड, डा. बाबुराम, माधव नेपाल, झलनाथ र खिलराज पनि बसे, बसाइयो । तर न्यून चेतनास्तरका कारण मान्छेभित्र भएको लोभका कारण यिनले पटकपटक प्रधानमन्त्रीको कुर्सीमा बस्ने चाहना गरे । जतिपटक प्रधानमन्त्री भए पनि आखिर “भूतपूर्व” हुनैपर्छ भन्ने चेतना यिनमा भएको भए प्रधानमन्त्रीको पदका लागि त्यतिबिघ्न लोभ गर्ने थिएनन् । यतिबेला दोस्रो संविधानसभा निर्वाचन गर्न पर्थेन । माओवादी पार्टी फुटेर दुईवटा हुनेथिएन । कुनै बहिष्कार गर्ने, कोही चुनावमा जाने अवस्था आउने थिएन । चुनावमा जानेले धाँधली भयो भन्नै पर्थेन । मुलुकमा राजनीतिक अस्थिरता चुलिने थिएन । चरम भ्रष्टाचार हुनेथिएन । मुलुकमा उद्योगधन्दा फस्टाउँथ्यो । शान्ति सुरक्षाको स्थिति मजबुत हुँदै जान्थ्यो । नेपाली जनता अँध्यारोमा बस्न पर्दैनथ्यो । चौध घन्टे लोडसेडिङ व्यहोर्न पर्दैनथ्यो । आलुको भाउ किलोको ६० रूपैयाँ पुग्नेथिएन । युवा जमात विदेश जान एयरपोर्टमा लाइन लागेको देख्न पर्थेन । तर कुरो आउँछ, उही चेतनास्तरको ।
काठमान्डौँतिर नजर लगाउँदा त्यही न्यून चेतनास्तरका कारण आज नेपाली कांग्रेस पार्टीका नेताहरु सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्रधानमन्त्री पदका लागि मरिहत्ते गरेर एकले अर्कोलाई छिर्के हान्दैछन्  भन्ने स्पष्ट देखिन्छ । एमालेले कांग्रेसका नेताहरु आपसमा लड्दा चिठ्ठा परिपो हाल्छ कि भन्ने तरिकाले च्याँखे थापिरहेको छ । एमाओवादी कांग्रेस र एमाले गज्जबले लडिदिए कुनै दाउ हात लागिपो हाल्छ कि भनिरहेको छ । कोही सभासद् नगदमा बेचिइरहेका छन् । कोही पैसा दिएको तर सभासद् पद नपाएको गुनासो गरिरहेका छन् । यसरी हेर्दा प्रस्ट देखिन्छ, प्रायः सबै दलका सबै नेतामा ठीक काम र बेठीक काम छुट्याउन सक्ने चेतनास्तर न्यून छ । त्यसैले, आज भूमिका ठीक तरिकाले निर्वाह गर्न सक्षम देखिएका छैनन् ।
अब मेरो बाल्यकालको दुःखद् घटनासँग एकपल्ट नेतागणको चेतनास्तरलाई तुलना गरेर हेर्दा आफैँलाई कस्तो–कस्तो अप्ठ्यारो लागेर आउँछ । बहिनीको लासको उपेक्षा गरेर मैले अपराध गरेको थिएँ । तर मलाई थाहा छ, म बालक थिएँ र मेरो चेतनास्तर फस्टाएको थिएन, कमजोर थियो । अहिले मुलुकको सर्वाङ्गीण अवस्था तहसनहस भएको छ । नेतागण कुर्सी र सत्ताका लागि मरिहत्ते गरिरहेका छन् । के यी नेताहरुका चेतनास्तर गतिलो भए यो खालको व्यवहार देखाउँथे ? म भातका लागि रोएको थिएँ, यिनीहरु प्रधानमन्त्री र राष्ट्रपतिको कुर्सीका लागि रोइरहेका छन् । मेरी बहिनी मरिसकेकी थिई, यिनले सम्हालेका देश मर्न–मर्न लागेको छ । यिनको चेतनास्तर र मेरो बाल्यकालको चेतनास्तरमा कहाँनेर भिन्नता छ ? न्यून चेतनास्तरका कारण मैले शरीर छोडेको बहिनीको आत्मालाई चित्त दुखाएको थिएँहुँला, तर यिनले त २ करोड ६५ लाख जिउँदो नेपालीकै चित्त दुखाइरहेका छन् । तर चित्त दुखाइ अरु कारणले होइन, लोभका कारणले हो । लोभ उत्पन्न भएको न्यून चेतनास्तरका कारणले हो र चेतनास्तरको वृद्धि गर्नु समस्या समाधानको पहिलो र अन्तिम उपाय हो । यो उपाय अपनाउने जिम्मेवारी अरुको होइन, ठूला भएका र ठूला बन्ने प्रयासमा रहेका राजनीतिक दलका नेताहरुकै हो ।

Related Posts

महाराजको श्रीपेच

महाराजको श्रीपेच

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

कम्युनिस्ट एक हुँदैमा कांग्रेस हार्दैन : कोइराला

गैँडालाई चरनको अभाव

Discussion about this post

अन‌ि यो पनि

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’
अर्थ

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

भरतपुर । भरतपुरका तीन जना युवाहरु मिलेर ब्लु ल्याडर बिल्डर्स एण्ड सप्लायर्स प्रालि स्थापना गरेका छन् । व्यावसाीिक तथा आवासीय...

Read more
३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In