शिशुलाई दिइने न्याना कपडा वितरणमा ढिलाइ

अन‌ि यो पनि

-बसन्त पराजुली
भरतपुर । भर्खरै जन्मिएको शिशुलाई निःशुल्क  दिइने न्याना कपडा वितरणमा ढिलाइ भएको छ ।
प्रसूति केन्द्रमा जन्मिएका शिशुलाई दिइने कपडा उपलब्ध गराउन ढिलाइ भएको हो । जसले गर्दा शिशुको स्याहारमा समस्या भएको छ भने बिरामी हुने क्रम पनि बढेको छ ।
प्रसूति केन्द्र सञ्चालन गरेको चण्डीभञ्ज्याङ स्वास्थ्य चौकीका वरिष्ठ अहेव भरत रिजाल समयमा न्यानो कपडा दिन नपाउँदा सर्वसाधारण समस्यामा परेका बताउँछन् ।
‘ग्रामीण क्षेत्रका बासिन्दा गरिब र विपन्न छन् । थोत्रो र च्यातिएको एक सरो लुङ्गी लगाएर केन्द्रमा आएका महिलाहरु शिशु जन्मेपछि केमा राख्ने भन्ने कुरामै अन्यौल पर्छन्’, रिजालले भने, ‘समयमै न्यानो कपडा पाउने हो भने शिशु र आमा दुवै तत्काल सुरक्षित हुन सक्छन् तर कपडा वितरणमा ढिलाइ हुन गयो ।’
चिसो बढ्दै गएका बेला न्यानो कपडा नहुँदा शिशुमा बाहिरी संक्रमण बढ्ने, र निमोनिया हुने जस्ता समस्या भेटिने रिजालले बताए । बालमृत्यु दर घटाउन र शिशुको स्वास्थ्यका लागि ध्यान दिन चितवनमा पनि
भर्खरै जन्मिएका शिशुका लागि कपडा उपलब्ध गराइने सरकारकै नियमित कार्यक्रम हो ।
जिल्ला जनस्वास्थ्य कार्यलयले कार्य सम्पादन समयमा नगर्दा वितरणमा ढिलाइ भएको बताइन्छ । ग्रामीण क्षेत्रमा रहेका प्रसूति केन्द्रहरुमा जन्मिने शिशुलाई कपडा उपलब्ध गराउने कार्यक्रम ढिलाइले समस्या झन् बढेको छ । ‘न्यानो कपडा वितरणमा ढिलाइ भएको हो’ चितवनका जनस्वास्थ्य प्रशासक केयरसिह गोदारले चितवन पोष्टसँग भने, ‘चुनावका कारण समयमै न्यानो कपडा वितरण गर्न पाइएन ।’
सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत सम्बन्धित प्रजनन केन्द्रलाई उपलब्ध गराउने प्रति शिशु ८०० सय रूपैयाँबाटै कपडा किन्नुपर्ने व्यवस्था छ । शिशुका लागि चौबन्दी, पेटेभोटो, टोपी र नेमकिन (कट्टू) २÷२ थान एवं ओड्ने, विच्छाउने कपडा, ¥यापर, मोजा र पञ्जा गरी १३ थान सिलाइ गरेको कपडा उपलब्ध गराउने व्यवस्था छ । यसमा सुत्केरी आमाका लागि पनि मेक्सी उपलब्ध गराइन्छ ।
चितवनमा अहिले १८ वटा प्रसुति केन्द्र छन् । भरतपुर सदरमुकाममा रहेका प्रसुति केन्द्रमा यो सुविधा नभएपनि ग्रामीण क्षेत्रमा रहेका केन्द्रहरुलाई यो सुविधा दिइएको छ । न्यानो कपडा वितरणका लागि स्वास्थ्य सेवा विभागले जिल्ला जनस्वास्थ्य कार्यालयलाई विनियोजित गरेको साढे १८ लाख रूपैयाँ पनि खर्च नभई बसेको अवस्था छ ।
‘अब कपडा वितरण हुन्छ’, जनस्वास्थ्य प्रशासक गोदारले भने । उनले भनेजसरी कपडा वितरण गर्न सजिलो छैन । सोझै प्रजनन् केन्द्रहरुले नै कपडा खरिद गरेर बनाउँदा सरकारले विनियोजित गरेको बजेटले तोकेअनुसारको कपडा खरिद र सिलाइ गर्न सक्दैन । तर यस्ता कपडा सिलाइ गर्ने उद्योगसँग खरिद गनुपर्दा पनि टेण्डर आह्वान गर्नुपर्ने बाध्यता छ ।
यो कपडा सिलाइकै अवस्थामा उपलब्ध गराउने उद्योग न्यूलता रेडिमेट उद्योगका सहयोगी पूर्णचन्द्र सोडारी जनस्वास्थ्य कार्यालयले माग गरेका बखत कपडा दिन सकिने अवस्थामा आफूहरु रहेको बताउँछन् । अहिले यो उद्योगले चितवनभन्दा बाहिरका ६ वटा जिल्लाका लागि यस्तो कपडा झोलामा राखेर उपलब्ध गराइरहेका छन् ।
चितवनमा अहिले वर्षिक १२ हजारका हारहारीमा नयाँ बच्चा जन्मिछन् । उनीहरुको बाल मृत्युदर घटाउनका लागि सञ्चालित न्यानो कपडा वितरण कार्यक्रमलाई कागजी रूपमा मात्रै नभई व्यवहारमै लागू गर्नुपर्ने देखिन्छ । यो कार्यक्रम लागू गर्न सकिने हो भने भने ग्रामीण क्षेत्रमै रहेका प्रसूति केन्द्रहरुमा पनि बच्चा जन्माउन आउनेहरुको आकर्षण बढ्नेछ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया